• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलको सफलतापछि करेन्ट प्वाइन्ट काठमाडौंमा, युवामाझ लोकप्रिय बन्ने अपेक्षा

    • lumbinisanjal
    • २०८२ असार २९, आईतवार १५:४४
    4K
    SHARES
    बुटवलको सफलतापछि करेन्ट प्वाइन्ट काठमाडौंमा, युवामाझ लोकप्रिय बन्ने अपेक्षा

    बुटवल , २९ असार । नेपाली बजारमा हट एन्ड स्पाइसी नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यशोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ’करेन्ट प्वाइन्ट’को नयाँ शाखा काठमाडौंमा पनि सञ्चालनमा ल्याएको छ ।

    बुटवलमा रहेको करेन्ट प्वाइन्टको अपार सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै कम्पनीले शुक्रबारदेखि काठमाडौंको अनामनगरमा आफ्नो दोस्रो आउटलेट सञ्चालनमा ल्याएको हो ।

    अनामनगरबाट न्यू प्लाजा जाने बाटोमा खोलिएको यस करेन्ट प्वाइन्टको उद्घाटन  अभिनेत्री तथा करेन्ट नुडल्सकी ब्रान्ड एम्बासडर केकी अधिकारीले गरेकी हुन् । उद्घाटन समारोहमा ग्राहक तथा शुभचिन्तकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

    सो अवसरमा यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले बुटवलमा करेन्ट प्वाइन्टले पाएको माया र सफलताले काठमाडौंमा शाखा विस्तार गर्न प्रेरित गरेको बताए । उनले भने, ‘काठमाडौंका नुडल्सपारखीहरू, विशेष गरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो । हामी आशा गर्छौं, करेन्ट प्वाइन्टले यहाँका उपभोक्ताहरूको स्वादको चाहनालाई अवश्य पूरा गर्नेछ ।’

    उक्त उद्घाटन समारोहमा यशोदा फुड्सका ग्लोबल सीईओ जीपी शाहले करेन्ट प्वाइन्ट र करेन्ट स्न्याक्स तथा नुडल्स रेन्जका बारेमा प्रकाश पारेका थिए । उनले भने, ‘करेन्ट प्वाइन्टमा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन् । यहाँ ग्राहकहरूले करेन्ट चाउचाउका यस्ता विभिन्न नयाँ परिकारहरूको स्वाद लिन पाउनेछन्, जुन उनीहरूले पहिले कहिल्यै चाखेका छैनन् ।

    साथै, ग्राहकहरूले आफ्नो रुचिअनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन् । विशेष गरी युवापुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेटले काठमाडौंवासीलाई नौलो र डेलिसियस स्वादको अनुभव प्रदान गर्ने विश्वास हाम्रो छ ।’



    lumbinisanjal   
  • २०८२ असार २९, आईतवार १५:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP