• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनीको राजधानीलाई बुटवल र नेपालगञ्जसँग जोड्न आवश्यक : सीईओ ज्ञवाली

    • lumbinisanjal
    • २०८२ पुष ७, सोमबार १८:०८
    1.8K
    SHARES
    लुम्बिनीको राजधानीलाई बुटवल र नेपालगञ्जसँग जोड्न आवश्यक : सीईओ ज्ञवाली

    काठमाडौं ,०७ पुस । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले लुम्बिनी प्रदेशको राजधानीलाई आर्थिक हिसाबले चलायमान बनाउन बुटवल–भैरहवा र नेपालगञ्जसँग जोड्न आवश्यक भएको बताएका छन् ।

    लुम्बिनीका मुख्यमन्त्रीसहितको उपस्थितिमा प्रदेश राजधानीको मास्टर प्लानको समीक्षा कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उत्तर–दक्षिण, पूर्व–पश्चिमका पूर्वाधार, सहर तथा नाकालाई जोडेर अघि बढ्दा राजधानीको प्रभावकारिता बढ्ने धारणा व्यक्त गरे ।

    उनले लुम्बिनी प्रदेशको राजधानीमा लगानीका लागि धेरै अवसरहरू रहेको उल्लेख गर्दै पानी, यातायातसहित आवश्यक पूर्वाधारहरुको उपलब्धता भए निजी क्षेत्रको लगानी बढ्ने विश्वास व्यक्त गरे ।

    PSF
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानीसँग जोडिएका सडकहरुलाई छिटो भन्दा छिटो व्यवस्थित रूपमा अघि बढाउने उल्लेख गर्दै पर्यटकीय क्षेत्रहरूलाई पनि जोड्न पहल जारी राखेको जानकारी दिए । उनले लगानी जुटाइदिनका लागि सहयोग गर्न पनि आग्रह गरे ।

    कार्यक्रमका सहभागीहरूले कृषि, लगानी, राप्ति सभ्यता, स्वर्गद्वारी मन्दिर, स्वास्थ्य, शिक्षा, जनजीवन लगायतलाई पनि राजधानीसँग जोड्न आवश्यक भएको धारणा व्यक्त गरेका थिए । उनीहरूले सुझावलाई समेटर मास्टर प्लानलाई कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने बताएका थिए ।

    लुम्बिनी प्रदेशको राजधानीसम्बन्धी मास्टर प्लान तयार भइ कार्यान्वयनको प्रकृयामा छ ।  – बाह्रखरी



    lumbinisanjal   
  • २०८२ पुष ७, सोमबार १८:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP