• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    सर्प उद्धारकर्ता सारु कान्छाले झुल वितरण गरेर समुदायमा जनचेतना फैलाउँदै

    • lumbinisanjal
    • २०८१ चैत्र १६, शनिबार १३:५४
    1.7K
    SHARES
    सर्प उद्धारकर्ता सारु कान्छाले झुल वितरण गरेर समुदायमा जनचेतना फैलाउँदै

    बुटवल,१६ चैत । रुपन्देहीको सैनामैनाका सर्प उद्धार कर्ता चेत बहादुर सारु ( सारु कान्छा)ले समुदायमा पुगेर झुल वितरण गर्नु भएको छ । गर्मी याम सुरु भएपछि लामखुट्टे तथा सर्पको डसाईबाट बच्नको लागि भन्दै उहाँले समुदायमा पुगेर झुल वितरण गर्नु भएको हो ।

    शनिबार सैनामैना नगरपालिका वडा नं. १० सालझण्डीको कटानीमा गरिब तथा बिपन्न परिवारलाई सारु कान्छाले परिवार संख्याको आधारमा २०० झुल वितरण गर्नु भएको हो । प्रत्येक वर्ष झुल विरण गर्दै आउनु भएका उहाँले समुदायमा सर्पको डसाईबाट बच्ने उपायको बारेमा जनचेतना फैलाउँदै झुल वितरण गर्दै आउनु भएको छ ।

    विगत ५ वर्षदेखि सर्पको उद्धार गर्र्दै आउनु भएका सारु कान्छाले बैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपाली र सर्प उद्धार गर्र्दा पाएको रकमबाट प्रत्येक वर्ष झुल वितरण गर्दै आएको बताउनु भयो । यस क्षेत्रमा पाईने विषालु सर्पहरु गोबन, बाघे, गनग्वारी र घोरघोराईजको बारेमा जानकारी दिँदै बच्ने उपायको बारेमा उहाँले जानकारी दिनु भयो ।

    उहाँले अहिलेसम्म ५ सय भन्दा वढि सर्पको घर तथा गोठबाट उद्धार गरेर सुरक्षित बासस्थानमा छोड्दै आउँनु भएको छ । स्थानीय समाजसेवी होमनाथ अधिकारीले सारु कान्छाले सर्पको उद्धारसँगै सर्पबाट बच्ने उपायको बारेमा समुदायमा जनचेतना फैलाउँदै आएको बताउनु भयो ।विदेशमा रहेका नेपाली र सारु कान्छाको सहयोगबाट गरिब तथा बिपन्न परिवारलाई झुल वितरण गरिईएको उहाँले जानकारी दिनु भयो ।

    सर्प उद्धार कर्ता चेत बहादुर सारु, दीपका काउचा, तुलसी पोखरेल, राजकुमार रेश्मी , प्रेमा पुलामी, गगन श्रेष्ठ र एमके ईकुमेन्टको आर्थिक सहयोगमा झुल वितरण गरिईएको अधिकारीले जानकारी दिनु भयो । स्थानीय निमा पुन काउचाले विगत २ वर्षदेखि लामखुट्टे तथा सर्पको डसाईबाट बच्नको लागि र गरिब तथा बिपन्न परिवारलाई जनचेतना फैलाउनको लागि कार्यक्रम गर्दै आएको जानकारी दिनु भयो ।

    अर्का स्थानीय नवराज खनालले सारु कान्छाले सर्प उद्धारको काम सुरु गरेपछि यस क्षेत्रमा सर्प मार्ने क्रम घट्दै गएको र घरमा आएका सर्पलाई उद्धार हुने गरेको बताउनु भयो । स्थानीय हर्कबहादुर बस्नेतले सर्पको डसाईबाट पीडित भएर पनि सारु कान्छाले यस क्षेत्रमा सर्पको उद्धार गर्दै र जनचेतना फैलाउँदै आएको चर्चा गर्नुभयो ।



    lumbinisanjal   
  • २०८१ चैत्र १६, शनिबार १३:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP