• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    तिलोत्तमामा ग्राफिक डिजाइन तालिमका लागि सहजीकरण गर्न आग्रह

    • lumbinisanjal
    • २०८३ बैशाख ७, सोमबार २३:१९
    1.6K
    SHARES
    तिलोत्तमामा ग्राफिक डिजाइन तालिमका लागि सहजीकरण गर्न आग्रह

    बुटवल, ७ वैशाख । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई ग्राफिक डिजाइन सम्बन्धी तालिममा विद्यार्थी सहभागी गराउन सहजीकरण गरिदिन आग्रह गरेको छ।

    नगर कार्यपालिकाको कार्यालय, तिलोत्तमाद्वारा जारी पत्र अनुसार नगरपालिकाको आर्थिक सहयोगमा कर्नर एकेडेमीमार्फत विद्यालयस्तरमा ग्राफिक डिजाइन सम्बन्धी कक्षाहरू सञ्चालन हुन लागेको जनाइएको छ।

    सो कार्यक्रम प्रभावकारी बनाउन सम्बन्धित विद्यालयहरूले विद्यार्थीहरूलाई सहभागी गराई आवश्यक समन्वय र सहजीकरण गर्न अनुरोध शिक्षा शाखा प्रमुख गंगाराम आचार्यद्वारा जारी गरिएको बिज्ञप्तीमा उल्लेख छ।

    नगरपालिकाले यस प्रकारका सीपमूलक तालिममार्फत विद्यार्थीहरूको सिर्जनशीलता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।



    lumbinisanjal   
  • २०८३ बैशाख ७, सोमबार २३:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP