• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    एमालेको निर्णय अस्विकार गर्दै धुर्कोट क्याम्पसमा घिमिरेले दिए स्वतन्त्र उम्मेद्वारी

    • lumbinisanjal
    • २०८१ फाल्गुन २५, आईतवार १०:३१
    4.4K
    SHARES
    एमालेको निर्णय अस्विकार गर्दै धुर्कोट क्याम्पसमा घिमिरेले दिए स्वतन्त्र उम्मेद्वारी

    गुल्मी , २५ फाल्गुण । धुर्कोट परमान्द भण्डारी बहुमुखी क्याम्पस धुर्कोट ५ वस्तुमा आसन्न स्ववियु लक्षित गतिविधि अघि बढिरहेका छन् । यसै सन्धर्वमा यहि चैत -०५ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियुमा आवद्द विद्यार्थीले नेकपा एमाले धुर्कोटले आफू माथी अन्याय गरेको भन्दै विद्यार्थी बिष्णु घिमिरेले स्वतन्त्र रुपमा प्यानल बनाएर सभापतिमा उम्मेदवार दिने घोषणा गरेका हुन ।

    संगठनमा आवद्ध सवै विद्यार्थीहरुले बिष्णुलाई सभापतिमा देख्न खोजेको तर एमाले धुर्कोटले गलत निर्णय गरेको भन्दै घिमिरे आक्रोसित बनेका छन् ।

    क्याम्पसमा रहेका बिद्यार्थीहरुको भावना नबुझी एक पटक छलफल नगरी नेकपा एमाले धुर्कोट गाउँपालिकाको एकलौटी निर्णयबाट अनिल जिसि लाई उम्मेदवार बनाउने निर्णय गर्दै जिल्लामा सिफारिस गरेकोले उक्त निर्णयको बिरोध गर्दै विष्णु घिमिरे सभापति सहितको स्वतन्त्र प्यानलनै बनाई उम्मेदवारी दिने विद्यार्थी सुबास पाण्डेले लुम्बिनीसञ्जाललाई बताए ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २५, आईतवार १०:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP