• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट जित, कुशल भुर्तेलको शानदार शतक

    • lumbinisanjal
    • २०८३ जेष्ठ २, शनिबार १७:०६
    507
    SHARES
    अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट जित, कुशल भुर्तेलको शानदार शतक

    काठमाडौं,२ जेठ । कुशल भुर्तेलले शानदार शतक प्रहार गरेसँगै नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको छ ।

    आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबारको खेलमा अमेरिकाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा केबल एक विकेट गुमाएर पुरा ग¥यो ।

    नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले सर्वाधिक १२० रन बनाएर नट आउट रहे । ११८ बलको सामना गरेका उनले १३ चौका र ४ छक्का प्रहार गरे ।

    त्यसैगरी, आशिफ शेखले ७२ बलमा ५८ रनको योगदान दिए भने ईशान पाण्डेले ३० बलमा २० रन जोडे । अमेरिकाका मोहम्मद मोहशिनले एक विकेट लिए ।

    त्यसअघि कीतिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३ ओभर ३ बलमा सबै विकेट गुमाएर १९५ रन बनायो ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ २, शनिबार १७:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP