• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    राखेप उपाध्यक्ष आचार्यद्वारा राजिनामा

    • lumbinisanjal
    • २०८२ चैत्र २०, शुक्रबार १३:३८
    1K
    SHARES
    राखेप उपाध्यक्ष आचार्यद्वारा राजिनामा

    बुटवल ,२० चैत । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्यले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार इमेलमार्फत युवा तथा खेलकुद मन्त्री एवम् राखेप अध्यक्षलाई राजीनामा पठाएका हुन् ।

    आचार्य गत वर्षको पुसमा राखेप उपाध्यक्ष नियुक्त भएका थिए ।
    उपाध्यक्षको कार्यकाल ४ वर्षको हुन्छ । तर, उनले साढे एक वर्षमै राजीनामा दिएका हुन् । कार्यव्यस्तता, वर्तमानको आवश्यकता र बदलिंदो राजनैतिक परिवेशलाई मध्यनजर गर्दै राजीनामा दिएको आचार्यले राजीनामा पत्रमा लेखेका छन् ।

    राखेप उपाध्यक्षबाट राजीनामा दिएपनि खेलकुद क्षेत्रबाट भने टाढा नरहने आचार्यले बताए ।



    lumbinisanjal   
  • २०८२ चैत्र २०, शुक्रबार १३:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP