• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    मन्त्रीलाई आइफोन दिने चर्चा ‘गलत र कपोलकल्पित’ : सञ्चारमन्त्री तिमिल्सिना

    • lumbinisanjal
    • २०८३ बैशाख ६, आईतवार १०:१९
    585
    SHARES
    मन्त्रीलाई आइफोन दिने चर्चा ‘गलत र कपोलकल्पित’ : सञ्चारमन्त्री तिमिल्सिना

    नुवाकोट,६ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन (आइफोन) वितरण गर्ने तयारी गरिरहेको भन्ने चर्चाको खण्डन गरेका छन्।

    नुवाकोटको लिखु गाउँपालिका–६ छहरे बजारमा स्थानीयसँगको भेटघाटका क्रममा मन्त्री तिमिल्सिनाले उक्त हल्ला पूर्णतः गलत र कपोलकल्पित रहेको स्पष्ट पारेका हुन्। पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट सरकारले मन्त्रीका लागि महँगा मोबाइल खरिद गर्न लागेको भन्दै फैलाइएको सूचनामा कुनै सत्यता नभएको उनले बताए।

    “मन्त्रीहरूलाई नयाँ मोबाइल बाँड्ने सरकारको कुनै योजना छैन,” स्थानीयसँगको छलफलमा उनले भने, “यस्ता भ्रामक र निराधार हल्लाका पछाडि नलाग्न म सबैलाई आग्रह गर्दछु।”

    कार्यक्रममा मन्त्री तिमिल्सिनाले सरकारको प्राथमिकता विलासिताका वस्तुभन्दा पनि जनताका आधारभूत आवश्यकता र सूचना प्रविधिको विकासमा रहेको उल्लेख गरे। उनले स्थानीय बासिन्दाका समस्या सुन्दै छहरे क्षेत्रको विकासका लागि मन्त्रालयले आवश्यक समन्वय गर्ने प्रतिबद्धता समेत जनाए।



    lumbinisanjal   
  • २०८३ बैशाख ६, आईतवार १०:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP