• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    मन्त्री कुलमान घिसिङले भने– म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन

    • lumbinisanjal
    • २०८२ कार्तिक ७, शुक्रबार १०:०६
    2.1K
    SHARES
    मन्त्री कुलमान घिसिङले भने– म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन

    काठमाडौं , ७ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पारेका छन्।

    मन्त्री घिसिङले आफूलाई ‘उज्यालो नेपाल’ पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चार माध्यममा जोडेर प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

    ‘सूचना र समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताबारे कुनै किसिमको छलफल भएको छैन। प्रचार गरिएजस्तो जूम बैठकमा मेरो सहभागिता समेत नरहने प्रस्ट पार्छु,’ उनले भने, ‘मसँग कुनै छलफल र सल्लाह नै नगरी दूषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्छु। र, सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्छु।’



    lumbinisanjal   
  • २०८२ कार्तिक ७, शुक्रबार १०:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP