• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी प्रदेशका सबै ग्यास उद्योगीलाई निगमको निर्देशन, विवरण नपठाउने विक्रेतालाई पुनः ग्यास नदिइने चेतावनी

    • lumbinisanjal
    • २०८३ श्रावण १९, मंगलवार ०६:३२
    273
    SHARES
    लुम्बिनी प्रदेशका सबै ग्यास उद्योगीलाई निगमको निर्देशन, विवरण नपठाउने विक्रेतालाई पुनः ग्यास नदिइने चेतावनी

    बुटवल। बजारमा एलपी ग्यासको अभाव देखिन थालेपछि नेपाल आयल निगम लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालयले ग्यास वितरणलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ निर्देशन जारी गरेको छ।

    प्रादेशिक कार्यालयले लुम्बिनी प्रदेश अन्तर्गतका सम्पूर्ण ग्यास उद्योगलाई पत्राचार गर्दै आधिकारिक ग्यास विक्रेतामार्फत ग्यास वितरण गर्दा प्रत्येक उपभोक्ताको परिचयपत्र, नाम, ठेगाना, सम्पर्क नम्बर तथा खरिद गरेको ग्यास सिलिन्डरको संख्या अनिवार्य रूपमा अभिलेख राख्न निर्देशन दिएको हो।

    निगमले उक्त विवरण दैनिक रूपमा संकलन गरी अर्को दिन नै निगममा रेकर्ड पठाउन तथा सोहीअनुसार वितरण गर्न आग्रह गरेको छ। यसबाट कृत्रिम अभाव, कालोबजारी र अनियमित वितरण नियन्त्रणमा सहयोग पुग्ने विश्वास निगमको छ।

    त्यस्तै, ग्यास बिक्रीको विवरण निगममा नपठाउने ग्यास विक्रेतालाई पुनः ग्यास उपलब्ध नगराइने चेतावनीसमेत दिइएको छ। बजारमा देखिएको एलपी ग्यासको अभावलाई मध्यनजर गर्दै उपभोक्तासम्म ग्यासको पहुँच सुनिश्चित गर्न यस्तो व्यवस्था लागू गरिएको निगमले जनाएको छ।

    प्रादेशिक प्रमुख ई. सैलेन्द्र भुसालले बजारमा देखिएको ग्यास अभावलाई व्यवस्थित गर्न उपभोक्ताको वास्तविक विवरणका आधारमा मात्र ग्यास वितरण गर्न उद्योग तथा विक्रेतालाई निर्देशन दिइएको बताउनुभयो। उहाँले सबै उद्योग र विक्रेताले निर्देशनको पूर्ण पालना गरी दैनिक विवरण निगममा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो।



    lumbinisanjal   
  • २०८३ श्रावण १९, मंगलवार ०६:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP