• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्युु

    • lumbinisanjal
    • २०८२ कार्तिक १६, आईतवार १०:४०
    2.4K
    SHARES
    गुल्मीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्युु

    गुल्मी, १६ कार्तिक । गुल्मीको इस्मा गाउँपालिका–१, भाराह खोलास्थित सिमलटारी–तम्घास सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

    शनिबार राति झरना नजिकबाट तम्घासतर्फ आउँदै गरेको लु ५६प ८४२६ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रेसुङ्गा नगरपालिका–२ का २६ वर्षीय सरोज बस्नेत गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले जानकारी दिए ।

    मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडाका २७ वर्षीय मोहनसिं बस्नेतलाई प्रहरिले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

    घटना स्थलबाट मोटरसाइकल मदनभण्डारी राजमार्गको पक्की सडकबाट करिब १५ मिटर तल खसेको थियो ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १६, आईतवार १०:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP