• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    दिगो रोजगारी र उद्यम प्रवर्द्धनका लागि रेसुङ्गामा ‘मिसन रोजगारी’ प्रारम्भ

    • lumbinisanjal
    • २०८२ मंसिर १८, बिहीबार ००:४९
    2.4K
    SHARES
    दिगो रोजगारी र उद्यम प्रवर्द्धनका लागि रेसुङ्गामा ‘मिसन रोजगारी’ प्रारम्भ

    बुटवल,१८ मंसिर  । रेसुङ्गा नगरपालिका र दायित्वको सहकार्यमा सञ्चालन हुने वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम अन्तर्गत ‘मिसन रोजगारी’ को औपचारिक सुरुवात गरिएको छ। नगरभित्र दिगो रोजगार सिर्जना र उत्पादनमूलक उद्यम प्रवर्द्धनलाई लक्षित गरी कार्यक्रम अघि बढाइएको हो।

    कार्यक्रममार्फत नगरका ४० जना उद्यमी छनोट गरी तिनलाई उद्यम विस्तारण, दिगो रोजगारी सिर्जना तथा स्थानीय स्रोत–साधनको प्रभावकारी उपयोगका लागि आवश्यक सहयोग प्रदान गरिने नगरपालिका जनाएको छ।

    रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले कार्यक्रम उद्घाटन गर्दै मिसन रोजगारीले नगरको आर्थिक अवस्था रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
    उहाँले , “यो अभियानले उत्पादनमूलक उद्यमलाई गति दिन्छ, युवालाई रोजगारीतर्फ आकर्षित गर्छ र दीर्घकालीन आर्थिक समृद्धिको आधार तयार गर्छ। समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान भन्ने हाम्रो नारालाई व्यवहारमा उतार्ने महत्वपूर्ण कदम यही हो,” उहाँले उल्लेख गर्नुभयो ।

    उहाँले स्थानीय उद्यमीलाई सक्षम बनाउँदै नगरमै रोजगारीका अवसरहरू सिर्जना गर्नु रेसुङ्गा नगरपालिकाको मुख्य लक्ष्य रहेको समेत बताउनुभयो ।



    lumbinisanjal   
  • २०८२ मंसिर १८, बिहीबार ००:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP