• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    नुहाउन गएका तीन बालिकाको डुबेर मृत्यु

    • lumbinisanjal
    • २०८२ कार्तिक ७, शुक्रबार १६:२९
    2.4K
    SHARES
    नुहाउन गएका तीन बालिकाको डुबेर मृत्यु

    टीकापुर, ७ कात्तिक । कैलालीमा तीन बालिकाको पानीमा डुबेर मृत्यू भएको छ । रानी जमरा सिँचाइ प्रणाली अन्तर्गतको कुलरीया नदीमा पौेडी खेल्न गएका बालिकाहरुको डुबेर मृत्यू भएको हो ।

    इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीका अनुसारका मृत्यु हुनेमा जानकी गाउँपालिका –५ नवलपुरकी १२ वर्षकी सुलोचना उपाध्याय, १० वर्षकी निषा बजगाई र ८ वर्षकी मानसी बजगाई हुनुहुन्छ ।

    शुक्रबार मध्यान्ह कुलरियामा पौडी खेल्न गएकी बालिका डुबेपछि दुई जना उद्धार गर्न लागेकाले तीनै जना डुबेको बताइएको छ । स्थानीयले देखेपछि उद्धार गरी टीकापुर अस्पतालमा उपचारका लागि ल्याए पनि अस्पताल पुग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    मृतक बजगाई दिदीवहिनी हुन् । टीकापुर नगरपालिका –१ ब्लक नम्बर १० मा बस्ने बजगाई दिदीवहिनी तिहारको बेला मामाको घर गएकी थिइन । सुलोचना बजगाईकी मामाकी छोरी हुन् । बजगाई दिदीवहिनी जनजागृति मावि टीकापुरमा कक्षा ५ मा अध्ययनरत थिइन ।



    lumbinisanjal   
  • २०८२ कार्तिक ७, शुक्रबार १६:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP