• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    एचपीभी खोप अभियान : तिलोत्तमाका विद्यालयहरुका प्रधानाध्यापकलाई अभिमुखिकरण

    • lumbinisanjal
    • २०८१ माघ २९, मंगलवार १५:२२
    2.7K
    SHARES
    एचपीभी खोप अभियान : तिलोत्तमाका विद्यालयहरुका प्रधानाध्यापकलाई अभिमुखिकरण

    बुटवल , २९ माघ । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप सम्बन्धी नगरपालिका भित्र संचालित विद्यालयहरुका प्राचार्य तथा विज्ञान शिक्षकहरुलाई अभिमुखिकरण गरिएको छ ।

    नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलका अनुसार नगरपालिकाभित्रका जम्मा ८ हजार ६ सय ३२ जना बालिकालाई खोप प्रदान गरिनेछ । बिश्व क्यान्सर दिवस माघ २३ देखि फागुन ६ गतेसम्म नगरपालिकाभित्रका विद्यालयहरूमा खोप कार्यक्रम सञ्चालन गरिने प्राबधानलाई टेकेर तिलोत्तमा भने फागुन १ गते देखि खोप अभियान शुरु हुने छ ।

    नेपाल सरकारले यस वर्ष देशभर १६ लाख किशोरीहरूलाई एचपीभी खोप दिने लक्ष्य राखेको छ । सोही अनुसार तिलोत्तमा नगरपालिकाभित्र कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरू तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई खोप दिने कार्यक्रम तय गरिएको जिल्ला जनस्वास्थ्य शाखाका टीकाराम अधिकारीले बताउनु भयो ।

    तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जगेश्वर देवी चौधरीले महिलाको स्वास्थ्यसंग सरोकार राख्ने जटिल रोग पाठेघरको मुखको क्यान्सरबाट बच्न तथा यासलाई निर्मुल पार्न एचपीभी खोप अत्यावश्यक भएकोले कोहि बालिकाहरुलाई नछुटाइकन सबै अभिभाबकले बुझेर खोप लगाउन अनुरोध समेत गर्नु भयो।

    कार्यक्रम तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूको प्रमुख स्वास्थ्य चुनौती बनेको उल्लेख गर्दै यसको रोकथामका उपायहरूमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले नगरपालिकाभित्रका सम्पूर्ण लक्षित बालिकाहरूलाई एचपीभी खोप सुनिश्चित गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

    कार्यक्रममा नगरका ७० विद्यालयका शिक्षकहरुको सहभातिा रहेको स्वास्थ्य शाखाका राम प्रसाद ढकालले बताउनु भयो ।



    lumbinisanjal   
  • २०८१ माघ २९, मंगलवार १५:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP