• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    इन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशद्वारा शुभकामना आदानप्रदान एवम भित्तेपात्रो बिमोचन

    • lumbinisanjal
    • २०८२ बैशाख ८, सोमबार ११:१६
    3.7K
    SHARES
    इन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशद्वारा शुभकामना आदानप्रदान एवम भित्तेपात्रो बिमोचन

    बुटवल , ८ बैशाख । नेपाल इन्जिनियर्स एसोसियसन लुम्बिनी प्रदेश कार्यसमितिले नयाँ बर्ष २०८२ सालको शुभकामना आदानप्रदान एवम भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

    एसोसिएसनका प्रदेश सभापति महेस्वर लम्सालको अध्यक्षता संगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री भुमिश्वर ढकालको रहेको थियो ।

    प्रमुख अतिथी मन्त्री ढकालले इन्जिनियर्स एसोसिएसनले गरेका कार्यहरुको प्रशंसा गर्दै इन्जिनियर साथिहरुको मनोवल उच्च बनाउन विशेष कदम चाल्न प्रदेश सरकार लागि परेको बताएका थिए ।

    कार्यक्रमका अध्यक्ष महेस्वर लम्सालले प्रदेश समितिले इन्जिनियरको क्षमता अभिबृद्धी लगायतका विभिन्न रचनात्मक कार्य गर्दै आइरहेको बताएका थिए । देशको मेरुदण्ड इन्जिनियर्स भएको र सरकारले पनि विशेष चासोका साथ इन्जिनियर साथीहरुलाई हेर्नुपर्ने बताएका थिए ।

    प्रदेश उपसभापति शिव तिवारीको स्वागत मन्तव्य संगै प्रारम्भ भएको कार्यक्रममा इन्जिनियर इन्जिनियर्स एसोसिएसनका पुर्व सभापति कुसुमराज ज्ञवाली , शैलेन्द्र श्रेष्ठ लुम्बिनी च्याप्टर दिपक श्रेष्ठ , टंक कण्डेल, पिएल सिंह , दुजेन्द्र बस्नेत सिडेन प्रदेश अध्यक्ष यादव नेपाल , पिनका प्रदेश अध्यक्ष दिपक भट्ट , नियोन केन्द्रीय सदस्य अरुण खनाल , सिटिभिटीका पुर्व प्रदेश निर्देशक गोपाल आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    लुम्बिनी प्रदेशमा कार्यरत इन्जिनियर तथा आर्किटेक्टहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन एसोसिएसनका प्रदेश सचिब प्रबेश पौडेलको रहेको थियो ।



    lumbinisanjal   
  • २०८२ बैशाख ८, सोमबार ११:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP