• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    पाका पुस्ताको साथमा धुर्कोट, जेष्ठ नागरिकलाई रेडियो र लठ्ठी वितरण

    • lumbinisanjal
    • २०८१ फाल्गुन २८, बुधबार १५:०१
    8.4K
    SHARES
    पाका पुस्ताको साथमा धुर्कोट, जेष्ठ नागरिकलाई रेडियो र लठ्ठी वितरण

    बासुदेव पोखरेल
    गुल्मी, २८ फाल्गुण । धुर्कोट गाउँपालिका देशकै सर्वोत्कृष्ट गाउँपालिकामा अव्वल छ । नौलो र पृथक गतिविधि गर्ने गाउँपालिकाले वडा नं. ४ जैसिथोकमा जेष्ठ नागरिकलाई रेडियो र लठ्ठी वितरण गरिएको छ।

    जेष्ठ नागरिक कार्यक्रम अन्तर्गत ७८ वर्ष उमेर माथिका २६ जना जेष्ठ नागरिकलाई ‘साथी’को रूपमा रेडियो र ‘सहारा’को रूपमा लठ्ठी वितरण गरिएको हो। कार्यक्रममा वडाध्यक्ष वीरबहादुर जोगी कुँवरले वडाले जेष्ठ नागरिकको सम्मान र जीवन सहज बनाउने उद्देश्यले रेडियो र लठ्ठी वितरण गरेको जानकारी दिनुभयो। उहाँले जेष्ठ नागरिकको अनुभव र योगदानलाई सम्मान गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले जेष्ठ नागरिकलाई सम्मान गर्नु हाम्रो सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्नुभयो। “हामीले पुराना पुस्ताको योगदानलाई कहिल्यै बिर्सनु हुँदैन। उनीहरूलाई आत्मीयता र सम्मान दिनु नै हाम्रो कर्तव्य हो,” अध्यक्ष पोखरेलले लुम्बिनीसञ्जाललाई भन्नुभयो। उहाँले गाउँपालिकाले आगामी दिनमा पनि जेष्ठ नागरिक हितका कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो।

    वडाध्यक्ष वीरबहादुर जोगी कुँवरको अध्यक्षता, गाउँपालिका अध्यक्ष भूपाल पोखरेलको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सीता गिरीको विशेष आतिथ्यता रहेको थीयो । कार्यपालिका सदस्य गमिता नेपालीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव अशोक खनालले गर्नुभएको थियो ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २८, बुधबार १५:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP