• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    विमानस्थल सञ्चालनमा आएको रोकावटले व्यवसायीलाई चिन्तित बनायो : अध्यक्ष शर्मा

    • lumbinisanjal
    • २०८१ चैत्र २५, सोमबार ०८:५३
    2.2K
    SHARES
    विमानस्थल सञ्चालनमा आएको रोकावटले व्यवसायीलाई चिन्तित बनायो : अध्यक्ष शर्मा

    बुटवल ,२५ चैत ।  नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भएको रोकावटले यस क्षेत्रका उद्योगी व्यवसायीलाई चिन्तित बनाएको बताउनु भएको छ । निर्माण पुरा भएको लामो प्रतिक्षा पछि सञ्चालनमा आउँदा उत्साह थपिएको बताउँदै उहाँले अहिले विमानस्थलमा उडान अवतरण रोकिँदा यस क्षेत्रका उद्योगी व्यवसायीलाई गम्भिर र चिन्तित बनाउनुका साथै निराशा पैदा गराएको बताउनु भयो ।
    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ३१ औं परिषद सभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै उहाँले यस्ता गतिविधिले यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक विकासमा गिरावट आउने भनाई राख्नुभयो । उहाँले सरकारी निकायका यस्ता गतिविधिले उद्योगी व्यवसायीलाई निराश बनाएको बताउँदै यसले मुलुकको अर्थतन्त्रमा गम्भिर असर गर्ने दावी गर्नुभयो । प्रदेश अध्यक्ष शर्माले उद्योगी व्यवसायीका समस्या सुन्न र पैरवी गर्नका लागि आफूहरु तयार रहेको बताउँदै तल्लो तहबाट समस्याको पहिचान गरी आफूहरुलाई सुझाव दिन आग्रह गर्नुभयो ।
    त्यस अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उद्योगी व्यवसायीका समस्या समाधानका लागि महासंघले पहल गरिरहेको बताउँदै महासंघको पहलकै कारण बैंकको व्याजदर घटेको दावी गर्नुभयो । उहाँले मुलुकलाई ग्रे लिस्टबाट हटाउनको लागि पहल भैरहेको बताउँदै ग्रे लिस्टबाट हटाउन सकिएन र यसले अर्थतन्त्रमा झनै ठूलो असर गर्ने भनाई राख्नुभयो । त्यसैगरी उहाँले कतिपय स्थानीय तहले मापदण्ड विपरित विज्ञापन कर असल गर्न थालेको बताउँदै त्यसका बारेमा जोडतोडले आवाज उठाउनु पर्ने भनाई राख्नुभयो ।
    कार्यक्रममा बोल्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले संघले यो वर्ष गरेका कार्यक्रम तथा पहल र पैरवीका बारेमा जानकारी गराउनु भएको थियो भने त्यसको समिक्षा गर्न र भावी कार्यक्रम तय गर्नका लागि सुझाव सल्लाह दिन परिषदका सदस्यहरु बस्तुगत समितिका सभापतिहरुलाई आग्रह गर्नुभयो ।
    त्यस अवसरमा संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजू, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्य, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी, पूर्व सचिव कृष्णकुमार श्रेष्ठ, कृषि परामर्शदाता डा. प्रदिप शर्मा लगायतले संघले गर्ने कार्यक्रमसंगै परिणामको पनि खोजी गर्नुपर्ने भनाई राख्नुभयो ।
    त्यसै अवसरमा संघले प्रकाशन गरेको नयाँवर्ष २०८२ सालको क्यालेण्डर विमोचन गरिएको छ भने क्यालेण्डर प्रकाशनमा सहयोग गर्ने सहयोगी हातहरुलाई सम्मान गरिएको क्यालेण्डर प्रकाशन समितिका संयोजक तथा संघका कार्यसमिति सदस्य काशीराम पौडेलले जानकारी गराउनु भयो ।



    lumbinisanjal   
  • २०८१ चैत्र २५, सोमबार ०८:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP