• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    चौथो रुपन्देही खुला फुटसल : अन्तिम चारको रोमाञ्चक भिडन्त तय

    • lumbinisanjal
    • २०८३ श्रावण ३०, शनिबार २३:४२
    403
    SHARES
    चौथो रुपन्देही खुला फुटसल : अन्तिम चारको रोमाञ्चक भिडन्त तय

    बुटवल । बुटवलमा जारी चौथो रुपन्देही खुला फुटसल प्रतियोगिता २०८३ अब उपाधि यात्राको निर्णायक चरणमा पुगेको छ। शनिबार सम्पन्न क्वार्टरफाइनल खेलसँगै प्रतियोगिताको अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। उपाधिका लागि अब फुलबारी गाईज, आर्या स्पोर्टिङ, तिलोत्तमा सन र सिओन एफसी भिड्नेछन्।
    सुख्खानगरस्थित एड्रिक फुटसलमा भएको क्वार्टरफाइनलमा आयोजक फुलबारी गाईजले लाफा एफसीलाई ४–२, आर्या स्पोर्टिङले खस्यौली एफसीलाई ३–२, तिलोत्तमा सनले फिटनेस हबलाई ५–२ तथा सिओन एफसीले युनिटी गाईजलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए।

    आइतबार हुने पहिलो सेमिफाइनलमा फुलबारी गाईज र तिलोत्तमा सन आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा आर्या स्पोर्टिङ र सिओन एफसीबीच प्रतिस्पर्धा हुनेछ।

    खेल संयोजक सरोज दर्लामीका अनुसार आइतबार नै फाइनल खेल सम्पन्न गरी विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गरिनेछ। प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ तथा उपविजेताले ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँसहित कप, उत्कृष्ट गोलकिपर र हाइस्कोररलाई ५–५ हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिता अध्यक्ष तेजु रानामगरले बताए।

    बुटवल उपमहानगरपालिकाको संरक्षण, रेडबुलको मुख्य प्रायोजन तथा फुलबारी गाईजको आयोजनामा सञ्चालित प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको थियो।

    filter: 0; fileterIntensity: 0.000000; filterMask: 0; captureOrientation: 0;
    hdrForward: 5; shaking: 0.018646; highlight: 1; motionR: 65536; algolist: 0;
    multi-frame: 1;
    brp_mask: 8;
    brp_del_th: 0.0020,0.0000;
    brp_del_sen: 0.1300,0.0000;
    delta:1;
    bokeh:1;
    ispap:1;
    papproctime: 2026:08:15 12:25:08;
    module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 7864320;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 289.5639;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather:null, icon:null, weatherInfo:100;temperature: 37;zeissColor: bright;



    lumbinisanjal   
  • २०८३ श्रावण ३०, शनिबार २३:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP