• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    सिद्धार्थ क्याम्पसमा लोकसेवा अभिमुखिकरण कार्यक्रम सम्पन्न

    • lumbinisanjal
    • २०८२ बैशाख २६, शुक्रबार १५:१९
    6.2K
    SHARES
    सिद्धार्थ क्याम्पसमा लोकसेवा अभिमुखिकरण कार्यक्रम सम्पन्न

    बुटवल ,२६ बैशाख । प्रतिष्ठित शैक्षिक संस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलले आज एक दिने लोकसेवा आयोग तयारी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

    विद्यार्थीहरुलाई स्वदेशमै सरकारी सेवामा प्रवेश गराई राष्ट्र सेवक बन्ने उत्प्रेरणा तथा हौसला बढाउने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

    चैतन्य एकेडेमी बुटवल शाखाको आयोजना तथा सिद्धार्थ गौतम बुद्ध क्याम्पसको संयोजनमा सम्पन्न उक्त अभिमुखिकरण कार्यक्रमको सभापति अतिरिक्त क्रियाकलाप समिति संयोजक तिर्थराज काफ्लेको रहेको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख गोपालप्रसाद चापागाई , बिशिष्ट अतिथि सहायक क्याम्पस प्रमुखद्वय कृष्णप्रसाद खनाल र रामनाथ उपाध्याय तथा नेपाल सरकारका उपसचिव एवम अभिमुखिकरण कार्यक्रमका प्रशिक्षक भविश्वर घिमिरेको रहेको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि एवम क्याम्पस प्रमुख चापागाईँले पछिल्लो समय बिदेश जान रुचाउने परम्परा चलिरहेको समयमा आफू अव्वल बन्न र देशमै स्वरोजगार बन्न अभिमुखिकरणसंगै उत्पेरणा कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा अध्ययन गरेका धेरै विद्यार्थीहरु राष्ट्रसेवक बन्न सफल भई देशकै उच्च ओहदामा रहेको बताउनुभएको थियो । उहाँले नयाँ विद्यार्थीहरुले अध्ययनसंगै लोकसेवा लगायतका सरकारी सेवाको तयारीमा दृढ भएर लाग्नुपर्ने बताउनुभएको थियो ।

    अभिमुखिकरण कार्यक्रममा प्रशिक्षक नेपाल सरकारका उपसचिव घिमिरेले विद्यार्थीहरु लगनशिल भएर अध्ययन गर्ने भने सरकारी सेवामा सहजै नाम निकाल्न सफल रहने बताउनुभयो । उहाँले देशमै विद्यार्थीहरुले संघर्ष गरेर सफलता हासिल गर्नसके कुनै समस्या उत्पन्न नरहने बताउनुभयो ।

    कार्यक्रमको सञ्चालन चैतन्य एकेडेमी बुटवल शाखाका प्रमुख दिपक ढकालले गर्नु भएको सिद्धार्थ गौतम बुद्ध क्याम्पसका उप-प्राध्यापक शेषकान्त अर्यालले जानकारी दिनुभयो ।

     



    lumbinisanjal   
  • २०८२ बैशाख २६, शुक्रबार १५:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP