• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य

    • lumbinisanjal
    • २०८२ असार १५, आईतवार १२:२९
    4.3K
    SHARES
    नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य

    काठमाडौं, १६ असार । १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा नेपालले इन्डोनेसियासामु ४ सय २१ रनको विशाल लक्ष्य दिएको छ ।

    मलेसियामा जारी प्रतियोगितामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ४ सय २० रन बनाएको छ ।

    नेपालका प्रसिद्ध जैसीले सर्वाधिक १३२ रनको योगदान दिए । यस्तै, रोनक श्रीवास्तवले ८८, परिमार्जन यादवले ७१, जोय थापाले ५७, सुगम बुढाथोकीले ३९ तथा रोशन शाहीले १० रन जोडे ।

    इन्डोनेसियाका लागि केतुक धर्मपुत्रले दुई तथा कविन निरचड्डा, महेन्द्र पर्तामा, रियान रिजाले एक–एक विकेट लिए ।

    यसअघिका दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा सिङ्गापुर र दोस्रो खेलमा जापानलाई हराएको थियो ।

    प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

    नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्



    lumbinisanjal   
  • २०८२ असार १५, आईतवार १२:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP