• २०८३ असार ३२ | Thu, 16 Jul 2026
  • Dark Mode

          Subscribe

    भारतको कडाइले झापाका चिया उद्योग बन्द गर्ने घोषणा

    • lumbinisanjal
    • २०८३ असार ३, बुधबार १६:०७
    312
    SHARES
    भारतको कडाइले झापाका चिया उद्योग बन्द गर्ने घोषणा

    काठमाडौ , ३ असार । भारतको नयाँ मापदण्डका अनुसार नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीले भोलिदेखि अनिश्चितकालका लागि  चिया उद्योग तथा बगान बन्द गर्ने बताएका छन्।

    बुधबार नेपाल चिया उत्पादक संघ, झापाले पत्रकार सम्मेलन गरी असार ४ गतेदेखि चिया उद्योग र बगान बन्द गर्न लागेको जानकारी दिएको छ। भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर (एसओपी)’ का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि उद्योगीले चिया उद्योग र बगान बन्द गर्नुपर्ने कदम चाल्न बाध्य भएको जनाएका छन्।

    नेपालमा उत्पादित सीटीसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रहेको छ। त्यसमध्ये करिब पाँच अर्ब बराबरको चिया भारत निर्यात हुने गरेको नेपाल चिया उत्पादक संघका महासचिव शुक्र दाहालले बताए।

    भारतले एओसी लागू गरेपछि निर्यात हुन सकेको छैन। जसले गर्दा चिया उद्योग र चिया बगान बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए।

    भारतको विकल्पमा बंगलादेश, पाकिस्तानलगायतका तेस्रो मुलुकमा चिया निर्यात गर्न सकिने उनले बताए। यसका लागि तेस्रो मुलुकसँग कूटनीतिक पहल गरिदिन उद्योगीले आग्रह गरेका छन्।

    संघका अनुसार, चिया क्षेत्रले करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई रोजगारी प्रदान गरेको छ। त्यस्तै, वार्षिक एक अर्ब राजस्व बुझाउँदै आएको छ।



    lumbinisanjal   
  • २०८३ असार ३, बुधबार १६:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP