• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    मोबाइल चार्ज गरेर निकाल्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

    • lumbinisanjal
    • २०८२ असार ३१, मंगलवार १०:५९
    3.6K
    SHARES
    मोबाइल चार्ज गरेर निकाल्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

    खोटाङ, ३१ असार । मोबाइल चार्जबाट निकाल्दा करेन्ट लागेर खोटाङमा महिलाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको चार्जमा लगाएको मोबाइल निकाल्ने क्रममा करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    चार्जमा लगाइरहेको मोबाइल चार्जबाट छुटाउने क्रममा सोमबार राति करिब साढे ९ बजेको समयमा फाक्टाङका राजन राईको श्रीमती इन्द्रालाई करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी सुशान्त मिश्रले बताउनुभयो ।

    घटनास्थलको मुचुल्काका लागि जिल्लाबाट प्रहरी खटिएको प्रहरी निरीक्षक मिश्रको भनाइ छ । घटनास्थल टाढा रहेकाले शवको पोष्र्टमार्टम बुधबार मात्र हुने सम्भावना रहेको प्रहरीले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ असार ३१, मंगलवार १०:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP