• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    पिएम कप : एपिएफ र कर्णाली, गण्डकी र कोशीसँगै बागमती र लुम्बिनी भिड्दै

    • lumbinisanjal
    • २०८१ चैत्र ३, आईतवार ०३:३५
    1.7K
    SHARES
    पिएम कप : एपिएफ र कर्णाली, गण्डकी र कोशीसँगै बागमती र लुम्बिनी भिड्दै

    बुटवल , ०३ चैत । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन्। आइतबार एपिएफ क्लब र कर्णाली प्रदेशको खेल भैरहवाको सिद्धार्थनगर मैदानमा हुनेछ। अर्को खेलमा गण्डकी प्रदेश र कोशी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। लुम्बिनी र बागमतीको खेल फाप्ला क्रिकेट मैदान धनगढीमा हुनेछ। सबै खेल बिहान ९ बजे सुरु हुने छन्।

    जारी प्रतियोगितामा चार खेल खेलेका आर्मी र पुसिको समान आठआठ अंक छ। रनरेटका आधारमा पुलिस शीर्ष स्थानमा छ भने आर्मी दोस्रो स्थानमा छ। यी दुवै टिम अपराजित छन्।

    विभागीय टोली एपिएफले तीनमा एक खेल गुमाएर चार अंक जोडेको छ। तालिकामा एपिएफ तेस्रो स्थानमा छ। समान चार अंक भएको लुम्बिनी रनरेटका आधारमा चौथो स्थानमा छ। मधेश, सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमतीले दुईदुई अंक जोडेका छन्। मधेशले तीन खेल मात्र खेलेको छ भने सुदूरपश्चिमले चार खेल खेलिसकेको छ। गण्डकी, कर्णाली र बागमतीले तीनतीन खेल खेलिसकेका छन्। चार खेल खेलिसकेको कोशी प्रदेश अंकबिहीन तालिकाको पुछारमा छ।



    lumbinisanjal   
  • २०८१ चैत्र ३, आईतवार ०३:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP