• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    माघ २५ देखि फाल्गुण ३ गते सम्म सर्वाधिक राशीको `दुधराक्ष कप´ सञ्चालन हुने

    • lumbinisanjal
    • २०८१ माघ २४, बिहीबार १४:२०
    2.2K
    SHARES
    माघ २५ देखि फाल्गुण ३ गते सम्म सर्वाधिक राशीको `दुधराक्ष कप´ सञ्चालन हुने

    बुटवल , २४ माघ । रुपन्देहीको सैनामैना नगरपालिकामा सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने भएको छ । दुधराक्ष युवा क्लब सैनामैनाको आयोजनामा दोस्रो संस्करणको रुपमा `दुधराक्ष कप´ क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता गर्न लागिएको पत्रकार सम्मेलन मार्फत बिहिबार जानकारी गराईएको हो ।

    माघ २५ देखि सुरु हुने प्रतियोगिता फाल्गुण ३ गते सम्म चल्ने छ । प्रतियोगितामा ३ विभागीय टिम सहित ७ टिमको सहभागिता रहने छ ।

    कपमा त्रिभुवन आर्मी क्लब,नेपाल पुलिस क्लब,नेपाल ए.पि.एफ क्लब,गण्डकी प्रदेश भलिबल संघ,कोशि प्रदेश भलिबल संघ,गलकोट भलिबल संघ र मणिमुकुन्द क्लबको सहभागिता रहने छन् ।

    प्रतियोगितामा प्रथम हुने टिमले रु ५ लाख ५५ हजार ५ सय ५५ का साथै शिल्ड मेडल र प्रमाण पत्र  द्धितिय पुरस्कार रु ३ लाख ३३ हजार  ३ सय ३३  तृतिय पुरस्कार रु ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी,स्पाईकर,डिफेन्डर,ब्लकर,सर्भिस,प्रशिक्षक,सेटरलाई नगद राशीले सम्मान गरिने खेल संयोजक राज कुमार चौधरीले जानकारी दिए ।सो अवसरमा शिल्डको अनावरण र क्लबको जर्सी सार्वजनिक गरिएको हो ।

    पत्रकार सम्मेलनलाई सम्बोधन गदै खेलक्षेत्रको विकासमा नगरपालिका लागेको नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले बताएका छन् । क्लबले विगतका दिन देखि नै उदारणीय कार्य गर्दै अघि बढेको प्रंशसा गर्दै हातेमालो गर्न सधै तत्पर रहेको उल्लेख गर्दै देश तथा बिदेश बाट यो कपका लागि साथ , सहयोग र हौसला प्रदान गर्ने सम्पुर्ण सैनामैना बासीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

    साथै उपप्रमुख विना रानाले सामाजिक काम मात्र नभई खेल क्षेत्रको श्रृवृद्धिका लागी नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गरेको बताइन् ।

    सामाजिक क्षेत्रमा क्रियाशिल दुधराक्ष क्लबले खेलकुद विधा समेत काम गर्दै अघि बढेको क्लबका अध्यक्ष किरण पोख्रेलले जानकारी दिए ।स्थानीय खेलाडीहरुको प्रतिभालाई उजागर गरि विश्वव्यापी रुपमा आफनो गरिमा उचो राख्न भलिबल प्रतियोगिता राखिएको अध्यक्ष पोख्रेलले उल्लेख गरेका थिए ।

    प्रतियोगिता सम्पन्न गर्न ६० लाख भन्दा बढि खर्च लाग्ने अनुमान गरिएको छ ।स्थानीय सरकार तथा प्रदेश सरकारबाट बजेट व्यवस्थापन भएको छ भने विभिन्न संघसस्थाले सहयोग गरेका छन् ।कार्यक्रममा क्लबका उपाध्यक्ष सुनिल पोख्रेलको स्वागत तथा सचिब पदम पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगिता सैनामैना वडा न.६ कलौनी स्थित वडा कार्यालयको प्रांगणमा हुने भएको हो ।

     



    lumbinisanjal   
  • २०८१ माघ २४, बिहीबार १४:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP