• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा मेयर कप तेक्वाण्डो सुरु, खेल पर्यटन प्रवर्द्धनमा जोड

    • lumbinisanjal
    • २०८३ बैशाख १२, शनिबार ०८:१४
    728
    SHARES
    बुटवलमा मेयर कप तेक्वाण्डो सुरु, खेल पर्यटन प्रवर्द्धनमा जोड

    बुटवल, १२ बैशाख । बुटवलमा चौथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो प्रतियोगिता २०८३ सुरु भएको छ। बुटवल उपमहानगरपालिका को सहयोग तथा बुटवल तेक्वाण्डो डोजाङ को आयोजनामा प्रतियोगिता सञ्चालनमा आएको हो।

    प्रतियोगिताको उद्घाटन नगरप्रमुख खेलराज पाण्डेय ले प्रमुख रेफ्रीलाई खेल सामग्री हस्तान्तरण गर्दै गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै उहाँले बुटवललाई खेल पर्यटनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित योजनाबद्ध रूपमा खेल गतिविधि अगाडि बढाइएको बताउनुभयो ।

    नगरप्रमुख पाण्डेयले प्रत्येक वर्ष खेलकुद विकासका लागि पालिकाबाट पर्याप्त बजेट विनियोजन हुँदै आएको उल्लेख गर्दै खेलकुदमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको राम्रो सम्भावना रहेको धारणा राख्नुभयो। खेल क्षेत्रलाई आर्थिक रूपमा सबल बनाउन खेलाडीलाई आयआर्जनसँग जोड्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो। साथै बुटवलमा खेलकुदसँगै सडक सरसफाइ, छाडा चौपाया व्यवस्थापन र मुख्य सडक सफाइ अभियानलाई पनि सँगसँगै अघि बढाइएको जानकारी दिनुभयो।

    कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सचिव राजिवसिंह क्षेत्री, संस्थापक अध्यक्ष प्रकाश राजभण्डारी, नेपाल खेलकुद पत्रकार मञ्च का अध्यक्ष सुमन अधिकारी तथा जिल्ला खेलकुद विकास समितिका सचिव चन्द्रकान्त आचार्य ले मार्शल आर्ट्सको विकासका लागि सरकारबाट पूर्वाधार निर्माणमा समेत ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

    जिल्ला खेलकुद विकास समिति रुपन्देही को मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा पुम्से र फाइट गरी दुई विधामा प्रतिस्पर्धा भइरहेको आयोजक संस्थाका अध्यक्ष मदन थापा ले जानकारी दिनुभयो।

    रुपन्देहीका दुई दर्जनभन्दा बढी डोजाङबाट २०० भन्दा बढी खेलाडीको सहभागिता रहने प्रतियोगितामा करिब पाँच लाख रुपैयाँ खर्च हुने संयोजक सुभाष डंगोलले बताउनुभयो।



    lumbinisanjal   
  • २०८३ बैशाख १२, शनिबार ०८:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP