• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    प्रियांकको उत्कृष्ट ब्याटिङमा कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

    • lumbinisanjal
    • २०८२ मंसिर २, मंगलवार १३:४४
    2.5K
    SHARES
    प्रियांकको उत्कृष्ट ब्याटिङमा कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

    काठमाडौं ,०२ मंसिर । नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका ओपनर प्रियांक पञ्चलको ब्याटिङ चल्दा चितवन राइनोजले १६७ रनको मध्यम लक्ष्य पाएको छ ।

    कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १६६ रन बनाएको हो ।

    ओपनर प्रियांक ब्याटिङ चितवनका बलरसामु बलर सामु हाबी भएका थिए । उनले ४८ बलमा ७ चौका र ६ छक्काको सहयोगमा ९० रन जोडे । खेल १५ ओभर ४ बलमा पुग्दा उनलाई चितवनका रवि भोपराले क्याच आउट गराए ।

    कर्णालीका ओपरनद्वय प्रियांक र म्याक्स ओडाउडले ६१ रनको साझेदारी गरेका थिए । पहिलो विकेटका रुपमा म्याक्स आउट भएका हुन् । ३० बल खर्चेर २० रन जोडेका उनलाई चितवनका सैफ जैबले नवाै ओभरको पाँचौ बलमा आउट गरे ।



    lumbinisanjal   
  • २०८२ मंसिर २, मंगलवार १३:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP