• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सर्वाधिक राशिको इन्डो-नेपाल भलिबल प्रतियोगिता हुने

    • lumbinisanjal
    • २०८१ चैत्र ३१, आईतवार ००:०६
    3K
    SHARES
    सर्वाधिक राशिको इन्डो-नेपाल भलिबल प्रतियोगिता हुने

    बुटवल , ३१ चैत । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमा रुपन्देहीको आयोजनामा १० औं मणिमुकुन्द कप पुरुष ईन्डो नेपाल क्लब च्याम्पीयनसीप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । नेपालको विभागीय टोली सहित भारतको समेत गरी कुल ९ वटा टिम सहभागी हुने प्रतियोगीता यहि बैशाख ६ गते देखि १३ गते सम्म सञ्चालन हुने भएको छ ।

    तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा रहेको मणिमुकुन्द भलिबल क्लबको खेल मैदानमा हुने भलिवल प्रतियोगीताको तयारी पुुरा भएको क्लबले पत्रकारसम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

    शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले साग भलिव एकडेमी गुजरात भारत, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, गण्डकी भलिबल संघ, कोशी प्रदेश भलिबल संघ, गलकोट भलिबल क्लव बाग्लुङ्ग, मणिमुकुन्द भलिबल क्लब र सुदुुरपश्चिम खेलकुल परिषद गरी कुल ९ वटा टिमको सहभागीता हुने जानकारी दिए ।

    प्रतियोगीतामा प्रथम हुने समुहले नगद ३ लाख ११ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमणपत्र प्राप्त गर्ने छन् । यस्तै उप विजेता समुहले २ लाख ११ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमणपत्र प्राप्त गर्ने छन् भने तेस्रो हुने समुहले १ लाख ११ हजार १ सय ११ र सान्तव्ना स्थान प्राप्त गर्ने समुहले ६६ हजार ६ सय ६६ रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमणपत्र प्राप्त गर्ने छन् ।

    प्रतियोगीतामा बेष्ट प्लेयसरलाई नगद १५ हजार सहित र कप र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै बेष्ट सटरलाई १० हजार सहित कप र प्रमणपत्र प्रदान गरिने छ । बेष्ट ब्लकर लाई पनि १० हजार हजार सहित कप र प्रमणपत्र प्रदान गरिने छ ।

    बेष्ट डिफेन्सलाई हजार सहित कप र प्रमाणपत्र प्रदान गरिने छ यस्तै बेष्ट सर्भरर्लाइ हजार सहित कप र प्रमाणपत्र प्रदान गरिने भने बेष्ट कोचलाई १० हजार सहित हजार सहित कप र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै अनुशासीत खेलाडीलाई १० हजार नगद सहित पुरस्कृत गरिने छ ।

    पत्रकार सम्मेलनमा भलिबल क्लबका वरिष्ठ सल्लाहकार तथा नेपाल भलिबल संघका पुर्व केन्द्रीय सदस्य मणिमुकुन्द माविका प्राचार्य टुक बहादुर क्षेत्री, नेपाल भलिबल संघका प्रदेश अध्यक्ष योग गुरुङ्ग, खेल संयोजक सुरेन्द्र गुरुङ्ग लगायतले आ- आफ्नो भनाई राखेका थिए ।



    lumbinisanjal   
  • २०८१ चैत्र ३१, आईतवार ००:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP