• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    सातौं खड्ग प्रसाद गौचन मेमोरियल यु–१९ क्रिकेट प्रतियोगिता हुदै

    • lumbinisanjal
    • २०८२ माघ २९, बिहीबार १८:३८
    6.6K
    SHARES
    सातौं खड्ग प्रसाद गौचन मेमोरियल यु–१९ क्रिकेट प्रतियोगिता हुदै

    बुटवल, २९ माघ।उमेर समुहको खेलाडीलाई प्लेटफर्म दिने गरि शुक्रबारदेखी रुपन्देहीमा यु–१९ राष्ट्रिय प्रतियोगिता हुने भएको छ ।

    विहिबार पत्रकार सम्मेलन गरि सातौ खड्ग प्रसाद गौचन मेमोरियल यु–१९ क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको आयोजक स्टार क्रिकेट एकेडेमीका संरक्षक शक्ति गौचनले बताए।

    उमेर समुहका खेलाडीहरुलाई ब्याटिङ्ग र बलिङ्ग दुबै कुरामा पोख्त बनाउन केवल २० ओभरको प्रतियोगिताबाट नपुग्ने उनले बताए । ‘खेलाडीहरुलाई ५० ओभरका खेलमा अभ्यास जरुरी छ ।’– उनले भने । रुपन्देहीबाट उमेर समुहमा खेलेका धेरै युवाहरु पछिल्लोसमय राष्ट्रिय टिममा दाबेदारी पेश गरिरहेको उनले बताए ।
    एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा हुने प्रतियोगितामा काठमाण्डौ, रुपन्देही, पोखराका गरि ६ वटा टिमले प्रतिस्प्रर्धा गर्ने उनले बताए । शुक्रबार उद्घाटन खेलमा नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमी र न्यु होराईजन स्पोर्टस क्लबका बिचमा हुने छ ।

    प्रतियोगितामा नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमी, न्यु होराईजन स्पोर्टस क्लब क्रिकेट, एक्सलेन्स सेन्टर काठमाण्डौ, पोखरा क्रिकेट एकेडेमी, रुपन्देही क्रिकेट, वेष्ट्रन क्रिकेट एकेडेमीले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने छन । प्रतियोगिताको फाईनल खेल फागुन ९ गते हुनेछ ।



    lumbinisanjal   
  • २०८२ माघ २९, बिहीबार १८:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP