• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    नेपाललाई नेदरल्याण्ड्सले दियो १४१ रनको चुनौती

    • lumbinisanjal
    • २०८१ माघ २०, आईतवार ०८:४१
    3.2K
    SHARES
    नेपाललाई नेदरल्याण्ड्सले दियो १४१ रनको चुनौती

    काठमाडौं २० माघ । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–ट्वेन्टी शृङ्खलाअन्तर्गत आइतबार भइरहेको खेलमा नेपाललाई नेदरल्याण्ड्सले १४१ रनको चुनौती दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा गएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४० रन बनाएको हो।

    नेदरल्याण्ड्सका लागि बबितेडी लिडाले सर्वाधिक ४१ रन बनाइन् । उता हेटर साइग्रेसले २६ रन बनाइन् । फोबे मोल्कन्बरले र रोविना रिजर्कले समान २१ रन बनाए ।

    बलिङमा नेपालकी सीता राना मगर एक्लैले ५ विकेट झारिन् । ३ ओभर बलिङ गरेकी सीताले १२ रन दिएर ५ विकेट झारेकी हुन् । मनिषा उपाध्यायले २ विकेट लिँदा कविता जोशी र इन्दु बर्माले समान १/१ विकेट लिए ।

    तेस्रो खेल खेलिरहेको नेपाल पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स दोस्रो जित निकाल्ने दाउमा छ ।

    नेपाल श्रृङ्खलाको पहिलो खेलमा नेदरल्याण्ड्स र शनिबार थाइल्याण्डसँग पराजित भएको थियो । नेदरल्याण्ड्स भने आफ्नो दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

    जारी श्रृङ्खलामा थाइल्याण्ड चार अंकसहित शीर्ष स्थानमा छ । नेदरल्याण्ड दुई अंकसहित दोस्रो स्थानमा छ । नेपाल अहिलेसम्म अंकविहीन छ ।

    आईसीसी वरीयतामा थाइल्याण्ड १३औँ, नेदरल्याण्ड्स १६औँ र नेपाल २०औँ स्थानमा रहेका टोली हुन्।



    lumbinisanjal   
  • २०८१ माघ २०, आईतवार ०८:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP