• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    जीपी काेइराला स्मृति प्रतिष्ठान: महिला भलिबलकाे उपाधि उजिरसिंहलाई

    • lumbinisanjal
    • २०८१ फाल्गुन ११, आईतवार १२:३८
    2.2K
    SHARES
    जीपी काेइराला स्मृति प्रतिष्ठान: महिला भलिबलकाे उपाधि उजिरसिंहलाई

    बुटवल , ११ फाल्गुन
    जीपी काेइराला स्मृति प्रतिष्ठानकाे आयाेजनामा बुटवलमा भएकाे महिला भलिबल प्रतियोगिताकाे उपाधि उजिरसिंह माध्यमिक विद्यालयले जितेकाे छ । जीपी काेइराला स्मृती महिला भलिबल रनिङ शिल्ड प्रतियोगिताकाे आइतबार भएकाे फाईनल खेलमा न्यू नमुना बाेर्डिङ स्कुल देवदहलाई राेक्दै उजिरसिंहले उपाधि हात पारेकाे हाे ।
    उजिरसिंहले उपाधिसंगै रनिङ शिल्ड, शिल्ड र मेडल सहित २५ हजार रुपैया नगद पुरस्कार प्राप्त गरेकाे छ । त्यस्तै दाेस्राेमा समेटिएकाे न्यू नमुना बाेर्डिङले शिल्ड, मेडल र प्रमाणपत्र सहित २० हजार रुपैंया नगद पुरस्कार प्राप्त गरेकाे छ ।
    प्रतियाेगितामा तिलाेत्तमाकाे शान्ति नमुना तृतीय र बुटवलकाे सिद्धार्थ गाैतम बुद्ध क्याम्पस सान्त्वना भए । उनीहरुलाई क्रमश: १५ हजार र १० हजार रुपैया नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरियाे ।
    प्रतियाेगितामा उत्कृष्ट खेलाडि उजिरसिंहकी पुजा सेन ठकुरी र अनुशासित खेलाडि न्यू नमुनाकी सिर्जना सारु मगरलाई जनही १ हजार ५ सय रुपैया नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएकाे छ । उनीहरुलाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष बालकुमारी भण्डारी, काजिमान श्रेष्ठले पुरस्कार वितरण गर्नुभएकाे थियाे ।


    राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन र भलिबल खेलमा महिलाको आकर्षण बढाउनका लागि शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आयोजना गरिएको १३ औं संस्करणको प्रतियोगितामा यस क्षेत्रका सामुदायिक र संस्थागत गरि १४ विद्यालयकाे सहभागिता रहेकाे प्रतियाेगिताका संयाेजक तथा प्रतिष्ठानका सदस्य बाबुराम विकले जनकारी गराउनु भयाे ।
    प्रतियोगितामा विद्यालयहरुकाे सहभागिता बढाउनको लागि सामुदायिक र संस्थागत विद्यालयलाई छुट्टा छुट्टै पोलमा राखेर प्रतिस्पर्धा गराईएको प्राविधिक सदस्य यमप्रसाद श्रेष्ठले बताउनु भयो । कार्यक्रमको सञ्चालन सचिब गंगा पन्थीले गर्नुभएको थियो ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ११, आईतवार १२:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP