• २०८३ आश्विन ७ | Wed, 23 Sep 2026
  • Dark Mode

          Subscribe

    लोपोन्मुख खेल जोगाउन बुटवलमा दोस्रो खुला डोरी तान प्रतियोगिता

    • lumbinisanjal
    • २०८३ जेष्ठ ११, सोमबार २२:००
    884
    SHARES
    लोपोन्मुख खेल जोगाउन बुटवलमा दोस्रो खुला डोरी तान प्रतियोगिता

    बुटवल, ११ जेठ । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५ र १६ गते दोस्रो संस्करणको जिल्ला स्तरीय खुला पुरुष डोरी तान (टग अफ वार) प्रतियोगिता आयोजना हुने भएको छ। लोप हुन लागेको परम्परागत खेलको प्रवर्द्धन गर्ने र खेलाडीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ बुटवल उपमहानगरपालिका-१०, रामनगरस्थित रामनगर खेल मैदानमा यो प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

    प्रतियोगितामा विजेताले नगद रु. ६० हजार ६६६ रुपैयाँ, द्वितीय पुरस्कार नगद रु. ३० हजार ३३३ रुपैयाँ र तृतीय पुरस्कार नगद १५ हजार १११ रुपैयाँ रहेको महासंघ रुपन्देहीका अध्यक्ष समुन्द्र श्रेष्ठले बताए । प्रतियोगितामा रुपन्देही जिल्ला भित्र रहेका इच्छुक क्लब, संघ-संस्था तथा समूहहरूले सहभागिता जनाउन सक्ने उनले बताए ।

    प्रतियोगितामा सहभागी हुन प्रत्येक टोलीमा ८ जना खेलाडी, १ जना रिभर्स प्लेयर, १ जना प्रशिक्षक र १ जना टिम म्यानेजर गरी जम्मा ११ जना सहभागी हुन पाउने आयोजक संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सरोज क्षेत्रीले जानकारी दिए । यसैगरी एक टिमको कुल तौल बढीमा ६४० केजीभित्र हुनुपर्ने व्यवस्था गरिएको उनले बताए । खेलाडीहरूले आफ्नो पालिका खुल्ने विवरणसहित मैदानमा उपस्थित हुनुपर्ने र दर्ताका लागि दुई हजार रुपैयाँ शुल्क लाग्ने आयोजकले जानकारी दिएको छ ।

    प्रतियोगितामा १६ टिम बढीको सहभागिता रहने अनुमान गरिएको महासंघका सदस्य इप्पल भण्डारीले बताए । गत वर्षको संस्करणमा तिलोत्तमा फिटनेश सेन्टर विजयी भएको थियो ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ ११, सोमबार २२:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP