• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    पिएम कपमा आज तीन खेल : लुम्बिनी र आर्मी, एपिएफ र गण्डकी, कोशी र सुदूरपश्चिम भिड्दै

    • lumbinisanjal
    • २०८१ चैत्र १०, आईतवार ०३:००
    2.6K
    SHARES
    पिएम कपमा आज तीन खेल : लुम्बिनी र आर्मी, एपिएफ र गण्डकी, कोशी र सुदूरपश्चिम भिड्दै

    काठमाडौं, १० चैत । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार तीन खेल हुँदैछन्। आइतबार लुम्बिनी प्रदेश र आर्मी, एपिएफ र गण्डकी प्रदेश, कोशी र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्दैछन्। तीन वटै खेल बिहान ९ बजे सुरु हुने छन्। आर्मी र लुम्बिनीको खेल सिद्धार्थनगर क्रिकेट स्टेडियममा हुँदैछ भने एपिएफ र गण्डकीको खेल ओभर क्रिकेट मैदानमा हुँदैछ। कोशी र सुदूरपश्चिम प्रदेशको खेल देउखुरी क्रिकेट मैदानमा हुनेछ।

    सात खेलमा एक खेल गुमाएको आर्मी १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने सातमा तीन खेल गुमाएको लुम्बिनीको आठ अंक छ। ६ खेल मात्र खेलेको एपिएफले दुई खेल गुमाएर आठ अंक जोडेको छ। एपिएफ तालिकाको तेस्रो स्थानमा छ।सात खेलमा एउटा मात्र जित निकालेको कोशी प्रदेश तालिकाको पुछारमा छ भने सातमा दुई खेल मात्र जितेको सुदूरपश्चिम चार अंकसहित सातौं स्थानमा छ। नेपाल पुलिस क्लब अपराजित रहँदै सात खेलमा १४ अंक जोडेर शीर्ष स्थानमा छ भने सातमा चार खेले जितेको कर्णालीले आठ अंक बनाएको छ।



    lumbinisanjal   
  • २०८१ चैत्र १०, आईतवार ०३:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP