• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    कांग्रेसको विशेष महाधिवेशन गर्ने गरी भृकुटीमण्डपमा ‘हल बुक’

    • lumbinisanjal
    • २०८२ पुष १७, बिहीबार १६:२९
    1.9K
    SHARES
    कांग्रेसको विशेष महाधिवेशन गर्ने गरी भृकुटीमण्डपमा ‘हल बुक’

    काठमाडौ , १७ पुस  । नेपाली कांग्रेसको विशेष महाधिवेशन गर्न यही पुस २७ र २८ गतेका निम्ति भृकुटीमण्डपको प्रदर्शनी हल ‘बुक’ गरिएको छ । महामन्त्रीले महाधिवेशन आयोजना गर्ने गरी भृकुटीमण्डपको हल बुक गरिएको हो ।

    नियमित महाधिवेशनका निम्ति बुधबार (पुस १६) मा वडा र आज (पुस १७) पालिका अधिवेशन हुनुपर्ने थियो । तर, त्यो हुन नसकेपछि विशेष महाधिवेशनतर्फ लागिएको केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् ।

    गौतमका अनुसार, शुक्रबार (पुस १८) विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट पत्रकार सम्मेलन गरिँदै छ ।शनिबार (पुस १९) महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्ने सम्भावना रहेको उनले बताइन् ।



    lumbinisanjal   
  • २०८२ पुष १७, बिहीबार १६:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP