• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    अव्यवहारिक कर खारेजीको माग राख्दै रुपन्देहीका सुनचाँदी व्यवसायी आन्दोलित(भिडियो)

    • lumbinisanjal
    • २०८२ जेष्ठ ३०, शुक्रबार १६:५७
    4.2K
    SHARES
    अव्यवहारिक कर खारेजीको माग राख्दै रुपन्देहीका सुनचाँदी  व्यवसायी आन्दोलित(भिडियो)

    बुटवल, ३० जेठ । विभिन्न ६ बुँदे माग राख्दै रुपन्देहीका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । हाल सबैप्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको दुई प्रतिशत विलासिता अर्थात अव्यवहारिक कर खारेज गर्नुपर्ने लगायतका माग राख्दै व्यवसायी आन्दोलित भएका हुन् ।

    व्यवसायीले शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेमार्फत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । हिरा–जवाहरात जडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल पुर्नविचार गरी खारेज गरिनुपर्ने, सुनचाँदीको कारोबारलाई दीर्घकालीन रुपमा प्रोत्साहित गर्न चाँडो भन्दा चाँडो ऐन, नियम तथा नीतिहरु निर्माण गर्नुपर्ने व्यवसायीको माग रहेको बुटवल सुनचाँदी व्यवसायी संघ बुटवल, रुपन्देहीका अध्यक्ष गकुल विश्वकर्माले बताउनुभयो ।

    आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तत्वमार्फत सरकारले सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकला व्यवसायीलाई मात्र नभइ आम उपभोक्तालाई समेत प्रत्यक्ष रुपमा असर पर्ने गरी विलासिता कर र भ्याटको नाममा चर्को भार पार्न खोजेको अवस्था रहेको उहाँले बताउनुभयो ।

    कर संरचना परिवर्तन गर्नुपूर्व मौजुदा व्यवसाय, रोजगारी तथा बजारमा पर्ने दूरगामी प्रभावहरुको विस्तृत अध्ययन गरिनुपर्ने र त्यसबिना करको दायरा बढाउन नहुने, छिमेकी मुलुक भारतमा सरह नै नेपालमा पनि भन्सार दर ६ प्रतिशत कायम गरिनुपर्ने, विश्व बजारको मान्यता अनुसार गुणस्तर प्रमाणीकरणको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्याबको व्यवस्था गरिनुपर्ने र निर्यातको ढुवानीमा २ दशमलव ५ प्रतिशत टीडीएस लाग्ने व्यवस्था खारेज गरिनुपर्ने माग राखेर आन्दोलित भएको रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोपाल विश्वकर्माले बताउनुभयो । सुनमा विलासिता कर लागू हुनु कुनै पनि कोणबाट न्यायोचित र औचित्यपूर्ण नरहेको उहाँले बताउनुभयो । सुनचाँदी व्यवसायीहरू पसल बन्द गरेर आन्दोलनमा उत्रिएको विश्वकर्माले बताउनुभयो ।

    ज्ञापनपत्र बुझाएपछि व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयको गेट अगाडि प्लेकार्डसहित नाराबाजी र विरोध सभा गरेका थिए ।

    भिडियो:

     



    lumbinisanjal   
  • २०८२ जेष्ठ ३०, शुक्रबार १६:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP