• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्शेर जबरा पक्राउ

    • lumbinisanjal
    • २०८१ चैत्र १५, शुक्रबार १७:२५
    5.4K
    SHARES
    राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्शेर जबरा पक्राउ

    काठमाडौं ,१५ चैत ।  राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्शेर जबरा पक्राउ परेका छन् ।

    आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । केएमसी अस्पतालबाट घाइते भेटेर फर्कने क्रममा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

    यस्तै आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंलाई प्रहरी खोजी गरिरहेको छ । तर पक्राउ पर्ने सुचना पाए लगत्तै प्रसाईं मुबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।

    शुक्राबार राजावादीलेहरुले शान्तिपूर्ण प्रदर्शन गर्ने भनेपनि आन्दोलन हिसात्मक बनेको थियो । आन्दोलनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । भने दर्जन बढी प्रहरी र प्रदर्शनकारी घाइते भएको थिए ।

    प्रदर्शनकारीहरुले विभिन्न स्थानमा तोडफोड गर्नुका साथै लुटपाट र आगजनी समेत गरेका थिए । राजावादीहरु अराजक बनेपछि काठमाडौंका तीनकुने आसपासको क्षेत्रमा शनिबार बिहान सात बजेसम्म कर्फ्य जारी गरिएको छ ।



    lumbinisanjal   
  • २०८१ चैत्र १५, शुक्रबार १७:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP