• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    सात दिनभित्र अतिक्रमण र मापदण्ड विपरीत संरचना हटाउन महानगरको निर्देशन

    • lumbinisanjal
    • २०८२ कार्तिक १४, शुक्रबार १०:५४
    1.8K
    SHARES
    सात दिनभित्र अतिक्रमण र मापदण्ड विपरीत संरचना हटाउन महानगरको निर्देशन

    काठमाडौं, १४ कात्तिक । काठमाडौं महानगरपालिकाले अतिक्रमित जग्गा र मापदण्ड विपरीत निर्माण भएका संरचना तत्काल हटाउन निर्देशन दिएको छ।

    काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना खाली गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका हुन्।

    महानगर र प्राधिकरणले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका साथै सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका सार्वजनिक स्थानहरूमा अतिक्रमण र अनियमित संरचना हटाउन चेतावनी दिएका छन्।

    निर्देश अनुसार तोकिएको समयसीमा भित्र स्वतः नहटाए कानुनी कारबाही गरी जबर्जस्ती रूपमा संरचना खाली गरिने चेतावनी महानगरले दिएको छ।

    सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना नियन्त्रणमा ल्याउने उद्देश्यका साथ यो अभियान सुरु गरिएको जनाइएको छ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १४, शुक्रबार १०:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP