• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    विपक्षमा उम्मेदवारी नपरेपछि सभामुखमा डीपी अर्याल निर्विराेध

    • lumbinisanjal
    • २०८२ चैत्र २०, शुक्रबार १५:०९
    650
    SHARES
    विपक्षमा उम्मेदवारी नपरेपछि सभामुखमा डीपी अर्याल निर्विराेध

    बुटवल ,२० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधिसभाकाे सभामुखमा निर्विराेध चयन भएका छन् । सभामुखका लागि अर्यालकाे एकल उम्मेदवारी परेकाे थियाे ।

    यसअघि नेकपा एमालेले उम्मेदवारी दिने तयारी गरेकाे थियाे । तर, एमालेले उम्मेदवारी नदिने भएपछि रास्वपाका अर्याल निर्विराेध चयन भएका हुन् ।

    स‌ंघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुखका लागि रास्वपाका अर्यालकाे एकल उम्मेदवारी परेकाे बताए । सचिवालयले आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो ।

    उनले भने, ‘सभामुखमा निर्वाचित गरियाेस् भन्ने प्रस्तावका लागि बिहान ११ देखि दिउँसाे २ बजेसम्मकाे समय निर्धारण गरिएकाे थियाे । याे समयमा एक मात्र प्रस्ताव दर्ता हुन आएकाे छ ।’

    शुक्रबार अर्यालले सभामुखका लागि मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्ता गराउन रास्वपा सभापति रवि लामिछानेसहितको टोली संसद सचिवालय पुगेको थियो । प्रस्तावक रवि लामिछाने र समर्थक स्वर्णिम वाग्ले, सुनिल लम्साल र सोविता गौतमसहितले अर्याललाई सभामुख पदमा निर्वााचित गरियाेस् भनेर प्रस्ताव दर्ता गराएका थिए ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको १८२ सिट रहेकाले उनी सभामुखमा निर्वाचित हुने निश्चित थियो । उनलाई आइतबार बस्ने प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।

    प्रतिनिधिसभामा नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद् छन् ।

    सभामुख चयन भएसँगै उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ । उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने व्यवस्था छ ।



    lumbinisanjal   
  • २०८२ चैत्र २०, शुक्रबार १५:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP