• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    संसद् बिहीबारसम्मका लागि स्थगित

    • lumbinisanjal
    • २०८२ असार ३, मंगलवार १८:१३
    1.5K
    SHARES
    संसद् बिहीबारसम्मका लागि स्थगित

    काठमाडौं,०३ असार ।  प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।

    संसद् सचिवालयले मंगलबार सूचना टाँस गरेर बिहीबारसम्मका लागि बैठक स्थगित गरेको हो । बैठक बिहीबार बिहान ११ बजे बस्ने सार्वजनिक सूचनामा उल्लेख छ ।

    सभामुख देवराज घिमिरेले दलहरूलाई बुधबार सहमतिका लागि गृहकार्य गर्न भनेका छन् । ‘बैठक पर्सी (बिहीबार) बस्छ । भोलि (बुधबार) दलहरूलाई सहमतिका लागि गृहकार्य भन्नुभएको छ,’ सभामुख घिमिरेको सचिवालयले भनेको छ ।

    यसअघि दिउँसो २ बजेपछि बसेको बैठक केहीबेरमै आधा घण्टाका लागि स्थगित भएको थियो । तोकिएको आधा घण्टामा बैठक चल्न नसकेपछि सूचना टाँस गरेर साढे ४ बजेका लागि सारिएको थियो ।



    lumbinisanjal   
  • २०८२ असार ३, मंगलवार १८:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP