• २०८३ आश्विन ७ | Wed, 23 Sep 2026
  • Dark Mode

          Subscribe

    रुपन्देहीमा एकैदिन १ करोड बराबरको अवैध सामान बरामद

    • lumbinisanjal
    • २०८२ चैत्र १५, आईतवार २२:४८
    1.8K
    SHARES
    रुपन्देहीमा एकैदिन १ करोड बराबरको अवैध सामान बरामद

    बुटवल,१५ चैत । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा एकैदिन करिब एक करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले भन्सार छली गरी चोरी पैठारी गरिएको उक्त सामान बरामद गरेको हो। बरामद गरिएको सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि भैरहवास्थित पशु क्वारेन्टाइन कार्यालय र बेलहिया भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

    प्रहरीका अनुसार बरामद गरिएको सामानमा सुन काट्न प्रयोग हुने उपकरण, पित्तलका पाता, सुन, खरबुजा, केरा, अङ्गुर, हरियो तरकारी, चिनी, मटर दाना, विभिन्न किसिमका किराना सामग्री, बोइलर कुखुराको मासु, बोइलर कुखुरा, हरियो खुर्सानी, गम्छा, साइकल, धागो, युरिया मल लगायत रहेका छन्।

    यसका साथै भारतीय नम्बर प्लेटका जिप र मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले भन्सार छली तथा अवैध कारोबार नियन्त्रणका लागि निगरानी अझ कडा बनाएको जनाएको छ।



    lumbinisanjal   
  • २०८२ चैत्र १५, आईतवार २२:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP