• २०८३ आश्विन ७ | Wed, 23 Sep 2026
  • Dark Mode

          Subscribe

    गोली प्रहारबाट भिनाजुले गरे सालीको हत्या

    • lumbinisanjal
    • २०८२ असार ३०, सोमबार ०९:४१
    3.1K
    SHARES
    गोली प्रहारबाट भिनाजुले गरे सालीको हत्या

    सुनसरी,३० असार । सुनसरीको हरिनगर गाउँपालिका– ६, घुस्कीमा गोली प्रहारबाट आइतबार राति एक किशोरीको हत्या भएको छ ।

    मृत्यु हुनेमा हरिनगर–६ की १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

    घरायसी विषयमा विवाद हुँदा किशोरीलाई उनकै भिनाजु भारत पत्राहा पञ्चायत–१६ घुर्नाका २९ वर्षीय आजात मियाले गोली प्रहार गरेर हत्या गरेको प्रहरीले बताएको छ । गोली प्रहारबाट अर्चनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गोली प्रहार गरेलगत्तै आरोपी मियाँ फरार भएको र खोजी भइरहेको प्रहरीको भनाइ छ । भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ असार ३०, सोमबार ०९:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP