• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    नेपाल प्रहरी र सशस्त्रलाई तयारी अवस्थामा बस्न आन्तरिक सर्कुलर

    • lumbinisanjal
    • २०८२ चैत्र १३, शुक्रबार २३:२८
    767
    SHARES
    नेपाल प्रहरी र सशस्त्रलाई तयारी अवस्थामा बस्न आन्तरिक सर्कुलर

    काठमाडौं,१३ चैत  । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा तयारी अवस्थामा बस्न आन्तरिक सर्कुलर गरिएको छ ।

    नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत प्रहरीहरूलाई बिहान ७ बजेबाटै बर्दीमा स्ट्यान्डबाई बस्न सर्कुलर भएको छ भने त्यस्तै सर्कुलर सशस्त्र प्रहरीले पनि गरेको स्रोतले जानकारी दिएको छ ।

    यसअघि आजै साँझ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दान बहादुर कार्की र सशस्त्रका महानिरीक्षक राजु अर्यालसँग एक घण्टाभन्दा बढी छलफल गरेका थिए ।

    बालेन नेतृत्वको सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले नै जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि गृहमन्त्री गुरुङ यसको कार्यान्वयनमा लागेको बुझिएको छ ।

    कार्की आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालिन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङसहितलाई फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको छ ।



    lumbinisanjal   
  • २०८२ चैत्र १३, शुक्रबार २३:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP