• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ठमेलमा अनैतिक गतिविधि गर्ने २० विदेशी महिला पक्राउ

    • lumbinisanjal
    • २०८२ चैत्र १२, बिहीबार १०:००
    741
    SHARES
    ठमेलमा अनैतिक गतिविधि गर्ने २० विदेशी महिला पक्राउ

    काठमाडौं, १२ चैत । राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा युगाण्डाका २० जना महिला पक्राउ परेका छन्।

    प्रहरीका अनुसार उनीहरू सार्वजनिक स्थानमै स्वदेशी तथा विदेशी पर्यटकसँग पैसामा मोलमोलाई गर्दै यौन व्यवसायमा संलग्न हुने गरेको पाइएको छ। यसका कारण सर्वसाधारणलाई समेत हैरानी हुने अवस्था सिर्जना भएको बताइएको छ।

    ठमेल क्षेत्रका विभिन्न स्थानमा गरिएको नियमित चेकजाँचका क्रममा काठमाडौं महानगरपालिका–२६ स्थित फायरचोकबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

    काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार ती महिलाहरूले बाटो हिँड्ने विदेशी तथा नेपाली पुरुषहरूलाई अनावश्यक रूपमा रोक्ने, अश्लील प्रस्ताव राख्ने र मोलमोलाई गर्ने जस्ता गतिविधि गर्दै आएका थिए।

    पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको म्याद थप गरी प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको



    lumbinisanjal   
  • २०८२ चैत्र १२, बिहीबार १०:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP