• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    देशमै उत्कृष्ट बन्यो सिन्धुपाल्चोकको चौतारा अस्पताल

    • lumbinisanjal
    • २०८२ चैत्र ११, बुधबार २३:५८
    1.3K
    SHARES
    देशमै उत्कृष्ट बन्यो सिन्धुपाल्चोकको चौतारा अस्पताल

    सिन्धुपाल्चोक, १२ चैत । सिन्धुपाल्चोकको प्रादेशिक चौतारा अस्पताल न्यूनतम सेवा मापदण्ड (MSS) कार्यान्वयन तथा क्लिनिकल अडिट मूल्याङ्कनमा ‘ए’ लेभल प्राप्त गर्दै ९६ अंकसहित नेपालकै उत्कृष्ट बन्न सफल भएको छ।

    बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले गरेको अनुगमनमा प्रशासनिक व्यवस्थापनतर्फ ९७ प्रतिशत, क्लिनिकल सेवा प्रवाहमा ९५ प्रतिशत र अस्पताल सपोर्ट सर्भिसमा ९७ प्रतिशत अंक प्राप्त गर्दै कुल ९६ प्रतिशत अंकसहित चौतारा अस्पताल ५० शैया वर्गमा पहिलो स्थानमा परेको हो।
    निर्देशनालयले २०८२ चैत ८ र ९ गते अस्पतालको अनुगमन गरेको थियो। २६ वटा सूचकका आधारमा गरिएको मूल्याङ्कनपछि समीक्षा कार्यक्रममा आगामी वर्ष शतप्रतिशत अंक ल्याउने लक्ष्यसहित सुधारका पक्षहरू पहिचान गरिएको अस्पतालले जनाएको छ।

    अनुगमन टोली प्रमुख वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र तामाङसहितको पाँच सदस्यीय टोलीले अस्पतालको रेकर्डिङ, रिपोर्टिङ, नियमित मर्निङ कन्फरेन्स तथा डाटा भेरिफिकेसनजस्ता कार्यहरू उत्कृष्ट रहेको उल्लेख गरेको थियो।

    “छरितो सेवा र विश्वास नै हाम्रो बल” — डा. रुद्र भण्डारी
    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र भण्डारीका अनुसार अस्पतालले छिटोछरितो, गुणस्तरीय र सेवाग्राहीमैत्री सेवा दिन निरन्तर प्रयास गर्दै आएको छ। उनले भने, “हामीले बिरामीलाई छिटो, सहज र विश्वासिलो सेवा दिनेमा विशेष ध्यान दिएका छौं। यही कारण आज अस्पतालले यस्तो उपलब्धि हासिल गरेको हो। आगामी दिनमा अझ सुधार गर्दै जनताको अपेक्षा अनुसार सेवा दिने हाम्रो प्रतिबद्धता रहेको छ।

    यसअघि पनि चौतारा अस्पताल बागमती प्रदेशमा पहिलो र देशभर दोस्रो स्थानमा रहिसकेको थियो। अहिले भने देशकै उत्कृष्ट बन्न सफल भएसँगै अस्पतालप्रति सर्वसाधारणको भरोसा थप मजबुत भएको छ।



    lumbinisanjal   
  • २०८२ चैत्र ११, बुधबार २३:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP