• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ड्युटीमा खटिएका ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु

    • lumbinisanjal
    • २०८२ पुष २१, सोमबार १९:२१
    1K
    SHARES
    ड्युटीमा खटिएका ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु

    बुटवल ,२१ पुस । कारको ठक्करबाट बुटवलमा चेकजाँचमा खटिएका ट्राफिक प्रहरीको मृत्यु भएको छ ।

    पश्चिम नवलपरासीबाट बुटवलतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–००३ च ००७७ नम्बरको कारले बुटवल रामनगरस्थित पूर्व-पश्चिम राजमार्गको धागो कारखानानजिकै चेकजाँच खटिएका ट्राफिक प्रहरी सहायक हवल्दार नागेश्वर पाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

    तीव्र गतिमा आएको कारले नियमित चेकजाँचमा खटिएका दुई ट्राफिक प्रहरीमध्ये पाललाई मध्य सडकमै ठक्कर दिएको हो । तत्कालै उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्कसले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले बताए ।

    घटनापछि चालक रेसुंगा नगरपालिका–२ तम्घास गुल्मीका ५६ वर्षीय जितेन्द्रसिंह थापा र गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    घटना कारको तीव्र गतिका कारण भएको र थप अनुसन्धान भइरहेको पनि डीएसपी रानाले बताए ।



    lumbinisanjal   
  • २०८२ पुष २१, सोमबार १९:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP