• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    पाठेघर र स्तन क्यान्सरबारे सचेतना कार्यक्रम सम्पन्न

    • lumbinisanjal
    • २०८२ चैत्र १०, मंगलवार १०:३८
    4.3K
    SHARES
    पाठेघर र स्तन क्यान्सरबारे सचेतना कार्यक्रम सम्पन्न

    बुटवल, १० चैत । पाठेघर (सर्भाइकल) तथा स्तन क्यान्सर सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुटवलमा एक कार्यक्रम सम्पन्न भएको छ । बुटवलको सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा आयोजित उक्त कार्यक्रम बुटवल जेसीज बर्ष २०२६ को आयोजनामा सम्पन्न भएको हो।

    कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शिला ढकाल रेग्मीले प्रशिक्षण दिँदै महिलाहरूले समयमै परीक्षण गराएमा पाठेघर र स्तन क्यान्सरबाट जोगिन सकिने बताइन्।

    उनले विशेषगरी HPV परीक्षण, Pap smear र नियमित स्वास्थ्य जाँचलाई अनिवार्यजस्तै रूपमा लिनुपर्नेमा जोड दिइन्।

    कार्यक्रमका अध्यक्ष एवम बुटवल जेसीज–२०२६ का अध्यक्ष जेसी यदुमणि पोख्रेलले जेसिजले युवाह लक्षित यस्ता स्वास्थ्य सचेतनामूलक कार्यक्रमलाई सधै प्राथमिकतामा राख्दै समाजमा सकारात्मक सन्देश फैलाउने बताए ।   “स्वास्थ्यप्रति सचेत समाज निर्माण गर्न युवाको भूमिका महत्वपूर्ण हुन्छ,” भन्दै निरन्तर यस्ता अभियान सञ्चालन गरिने पोख्रेलले उल्लेख गरेका थिए ।

    सिद्धार्थ गौतम बुद्ध क्याम्पसका प्रमुख तथा बुटवल जेसीजका पूर्व अध्यक्ष सिनेटर गोपाल प्रसाद चापागाईंले क्यान्सरजस्ता जटिल रोगबारे जानकारी अभावकै कारण धेरैले ढिलो उपचार गर्ने अवस्था रहेको बताए। उनले शैक्षिक संस्थामार्फत यस्ता कार्यक्रम सञ्चालन गर्नु अत्यन्त प्रभावकारी हुने धारणा राखे। उनले सिद्धार्थ क्याम्पसमा आयोजना गरेको सचेतनाकालागी धन्यवाद व्यक्त गरे ।

    कार्यक्रममा बुटवल जेसीज बोर्ड अफ ट्रष्टिजका अध्यक्ष सिनेटर निर्मल प्रसाद लाकौलको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी लाकौलले  नेपाली समाजमा अहिले पनि रोग लागेपछि मात्र अस्पताल धाउने प्रवृत्ति रहेको र यसलाई रोक्न युवाहरुले स्वास्थ्य सचेतना फैलाएर नियमित स्वास्थ्य जाँच गर्न सबैलाई आग्रह गर्नुपर्ने बताए ।

    कार्यक्रम महासचिव जेसी कमल शर्माले सञ्चालन गरेका थिए भने  जेसी खेमराज पोख्रेलको संयोजकत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा निवर्तमान अध्यक्ष जेसी मोहन न्यौपाने, पूर्व अध्यक्ष सिनेटर मनोज भट्टराई, पूर्व अध्यक्ष सिनेटर हरि विक्रम कुँवर लगायतको आतिथ्यता रहेको थियो ।

    कार्यक्रमले विशेषगरी युवापुस्ता र महिलामा क्यान्सरबारे चेतना फैलाउने तथा समयमै परीक्षणको आवश्यकता बुझाउने उद्देश्य पूरा गरेको आयोजकले जनाएको छ।



    lumbinisanjal   
  • २०८२ चैत्र १०, मंगलवार १०:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP