• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    झिमरुकमा हराएको ऐतिहासिक राजदण्डको खोजीः चुनावी एजेण्डामा छ कि छैन ?

    • lumbinisanjal
    • २०८२ फाल्गुन ६, बुधबार १६:५१
    4.2K
    SHARES
    झिमरुकमा हराएको ऐतिहासिक राजदण्डको खोजीः चुनावी एजेण्डामा छ कि छैन ?

    ✍️ माधब के.सी / प्युठान
    देश फेरि निर्वाचनको संघारमा उभिएको छ। उम्मेदवारहरू गाउँ–गाउँ, टोल–टोलमा पुगेर मत मागिरहेका छन्। कोही विकासका सपना बाँडिरहेका छन्, कोही परिवर्तनका नारा लगाइरहेका छन्। चुनावी माहोलसँगै सामाजिक सञ्जाल पनि रंगिएको छ—भाषण, नाचगान, रमाइला दृश्य र आरोप–प्रत्यारोपले।

    यही चुनावी सरगर्मीबीच प्युठान पनि राष्ट्रिय चर्चामा छ। राजनीतिक हिसाबले सधैं अर्थपूर्ण मानिने प्युठान यसपटक झनै केन्द्रमा देखिन्छ। विशेषगरी सूर्य थापाको उम्मेदवारीले जिल्लाको चुनावी बहस देशव्यापी बनाएको छ।

    यस निर्वाचनमा प्युठानबाट १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। सूर्य थापा , डा. गोविन्द पोखरेल, तिलक जी.सी., कृष्णध्वज खड्का, सुशान्त वैदिक, विमल पोखरेल, गोविन्द गिरी लगायतका उम्मेदवारहरू पनि आ–आफ्नो प्रभाव क्षेत्रमा सक्रिय छन्। तीमध्ये चार जना झिमरुक गाउँपालिकाका र दुई जना प्युठान नगरपालिकाका हुन्। जसले जिते पनि प्रतिनिधित्व गर्ने भूगोल भने प्युठान नै हो। त्यसैले स्थानीय इतिहास, पहिचान र संवेदनशील विषयमा उनीहरूको स्पष्ट धारणा हुनु आवश्यक छ।

    यही सन्दर्भमा झिमरुक गाउँपालिका–५ बाट हराएको ऐतिहासिक राजदण्डबारे प्रश्न उठाउनु आवश्यक देखिन्छ। हामी झिमरुकवासी बुवा–आमा, दाजुभाइ, दिदीबहिनी तथा Gen-Z पुस्ताले प्रत्येक

    उम्मेदवारलाई सोध्नुपर्छ— हराएको राजदण्डबारे तपाईंको धारणा के हो? खोजी र फिर्ताका लागि के पहल गर्नुहुन्छ?

    यो प्रश्नले उम्मेदवारको ज्ञान, संवेदनशीलता र प्रतिबद्धताको स्तर मापन गर्नेछ। साथै, लामो समयदेखि ओझेलमा परेको विषय पुनः सार्वजनिक बहसमा ल्याउन सहयोग पुग्नेछ।

    सुरुमा यो राजदण्ड अब कहिल्यै भेटिँदैन जस्तो लागेको थियो। तर अध्ययन–अनुसन्धान गर्दै जाँदा सम्भावनाका आधारहरू देखिन थाले। विगतमा शताब्दीअघि हराएका ऐतिहासिक मूर्ति तथा सम्पदाहरू नेपाल सरकारले पहल गरेर फिर्ता ल्याएको उदाहरणहरू छन्। त्यसैले उचित कूटनीतिक पहल, अनुसन्धान र कानुनी प्रक्रियाबाट राजदण्ड पनि फिर्ता ल्याउन सकिने आशा मेटिएको छैन।

    तर यसको सुरुवात कहाँबाट हुन्छ?
    सरकारी निकायलाई सक्रिय बनाउने जिम्मा अन्ततः नागरिककै काँधमा आउँछ। हामीले आजैदेखि प्रश्न उठायौं, निर्वाचित प्रतिनिधिलाई निरन्तर दबाब दियौं र संस्थागत पहल माग्यौं भने यो विषय फेरि जीवित बन्न सक्छ।

    यदि राजदण्ड फिर्ता ल्याउन सफल भयौं भने ओखरकोटमा सुरक्षित सङ्ग्रहालय स्थापना गरी त्यसलाई संरक्षण गर्न सकिन्छ। यसले ऐतिहासिक पहिचान जोगाउनुका साथै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने आधार तयार गर्न सक्छ। झिमरुक र समग्र प्युठानलाई ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा उभ्याउने सम्भावना बलियो बन्न सक्छ। त्यसैले अहिलेको मुख्य प्रश्न परिणाम होइन, पहल हो। भोट माग्न आएका उम्मेदवारहरूलाई प्रश्न गरौं।

    राजदण्डको खोजीलाई चुनावी एजेण्डामा राख्न दबाब सिर्जना गरौं। झिमरुकवासी अग्रज बुद्धिजीवी, आदरणीय व्यक्तित्व, युवा तथा Gen Z पुस्ता र सम्पूर्ण मतदातामा हार्दिक अनुरोध—
    यसपटक भोटसँगै प्रश्न पनि उठाऔं।

    तत्कालिन अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीका स्वकीय सचिब खगिन्द्र विश्वकर्मा मार्फत मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै स्थानिय माधव केसी



    lumbinisanjal   
  • २०८२ फाल्गुन ६, बुधबार १६:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP