• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    यसरी बढ्दै छ रूपन्देही २ मा कांग्रेसको पक्षमा माहोल

    • lumbinisanjal
    • २०८२ फाल्गुन १, शुक्रबार १५:४५
    1.5K
    SHARES
    यसरी बढ्दै छ रूपन्देही २ मा कांग्रेसको पक्षमा माहोल

    बुटवल,१ फागुन । रूपन्देहीको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको पक्षमा माहोल बन्दै गएको छ । कांग्रेसको तर्फबाट रूपेन्देहीका लागि समाजसेवी एवम् व्यवसायी चुन्नप्रसाद पौडेलको पक्षमा माहोल बन्दै गएको हो । यसअघि नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुनाव जितेको सो क्षेत्रमा यस पटक भने कांग्रेसका उम्मेदवार पौडेलको पक्षमा माहोल बनेको स्थानीय बताउँछन् ।

    पौडेल साढे दुई दशकदेखि रूपन्देही जिल्ला केन्द्रित भएर समाजसेवा हुँदै विभिन्न व्यवसायमा जोडिएका छन् । रूपन्देहीकी स्थानीय तारा शर्माले यस पटक जिल्लामा विभिन्न उद्योगमार्फत करिब पाँच हजार युवालाई प्रत्यक्ष युवालाई रोजगारी दिन सफल रहेको हुँदा पनि त्यस क्षेत्रका जनतामाझ पौडेल पहिलो रोजाइमा पर्न सफल भएको बताइन् ।

    उनको बुझाईमा एकातिर बदलिएको नेपाली कांग्रेस र अर्कोतिर समाजसेवी पौडेल यस क्षेत्रको चुनावी मैदानमा भएकाले रूपन्देही २ कांग्रेसको पक्षमा जाने निश्चित देखिएको हो ।

    चुनावी प्रचारका क्रममा बुटवलमा विहीबार बिहान आयोजित कार्यक्रममा अधिकांश रूपन्देही २ पौडेललाई मतदान गर्न उत्साही भएको प्रतिक्रिया दिइयो । यस क्षेत्रका नागरिकको समस्याको पहिचान गरेर त्यसको समाधानका लागि पौडेलबाट पहल हुनेमा स्थानीय ढुक्क छन् ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १, शुक्रबार १५:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP