• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा जनसभा गर्ने

    • lumbinisanjal
    • २०८१ चैत्र १, शुक्रबार ०६:३५
    3.5K
    SHARES
    समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा जनसभा गर्ने

    काठमाडौं, ०१ चैत । नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा जनसभा आयोजना गर्ने भएको छ। नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा शुक्रबार बसेको मोर्चाको बैठकले चैत १५ गते बृहत् जनसभा आयोजना गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

    देशको परिस्थिति जटिल बनाउने प्रयास भइरहेकाले गणतन्त्रको पक्षमा वातावरण बनाउन मोर्चाले प्रदर्शन गर्न लागेको उनले जानकारी दिए । त्यसअघि बुद्धिजीवी र नागरिक समाजसँग चैत २ गते शनिबार बिहान ११ बजे अन्तक्रिया गरिने भएको छ । उक्त छलफल सकिएलगत्तै पत्रकार सम्मेलन गरी चैत १५ को कार्यक्रमबारे जानकारी दिइने उनले बताए ।

    बैठकले संसदवादी र बाहिर रहेका राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने, राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षाका साथै समाजवादतिरको यात्रालाई सहज बनाउने र यसको पक्षमा वातावरण बनाउन छलफल गर्ने निर्णय भएको विश्वकर्माले जानकारी दिए । बैठकले राजावादीहरूको सक्रियताले मुलुकलाई गम्भीर र परिस्थिति जटिल बनाउने कसरत भएको ठहर गरेको छ ।



    lumbinisanjal   
  • २०८१ चैत्र १, शुक्रबार ०६:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP