• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    क्षति पुगेका उद्योगी व्यवसायीलाई राज्यले सहयोग गर्ने

    • lumbinisanjal
    • २०८२ भाद्र २९, आईतवार १२:३६
    1.8K
    SHARES
    क्षति पुगेका उद्योगी व्यवसायीलाई राज्यले सहयोग गर्ने

    काठमाडौं, २९ भदौ । जेनजीको आन्दोलनको क्रममा क्षति पुगेका उद्योगी व्यवसायीलाई राज्यले आवश्यक सहयोग गर्ने नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन् । आइतबार पदभार ग्रहण गर्दै उनले सो बताएकी हुन् ।

    जुन आतंकजस्तो व्यक्तिका घरमाथि फैलाइयो, व्यक्तिको सम्पत्तिको, व्यापारीको सम्पत्ति र उद्योगीको सम्पत्ति पनि नास्ने काम भएको छ, कतिपय व्यापारी उठ्न नसक्ने अवस्थामा पुगेका छन्, त्यसलाई राज्यले हेर्नुपर्ने छ, सहुलियत ऋणबाट हुनसक्छ कि’, उनले भनिन् ।

    उनले केही व्यापारीले आफू उठ्ने छौँ भन्ने कुराका लागि धन्यवाद समेत व्यक्त गरेकी छन् ।

    ‘केही व्यापारीले हामी उठ्नेछौँ भन्नुभएको छ, त्यसको लागि शुभकामना र धन्यवाद छ, राज्यको तर्फबाट सल्लाह चाहिने हो कि के चाहिने हो त्यो गर्न तयार छौँ’, प्रधानमन्त्री कार्कीले भनिन् ।



    lumbinisanjal   
  • २०८२ भाद्र २९, आईतवार १२:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP