• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच ओमानमा भेटवार्ता

    • lumbinisanjal
    • २०८१ फाल्गुन ५, सोमबार ०४:२८
    2.7K
    SHARES
    परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच ओमानमा भेटवार्ता

    काठमाडौं, ५ फाल्गुन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र छिमेकी भारतीय विदेशमन्त्री एस. जयशंकरबीच ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता भएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरूबीच आइतबार साइडलाइन भेटवार्ता भएको हो ।

    परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमार्फत् भारतीय समकक्षी जयशंकरसँगको फलदायी भएको बताएकी छन् । ‘आठौँ हिन्द महासागर सम्मेलनको छेउमा भारतका विदेशमन्त्री डा. एस. जयशंकर भेटवार्ता गरेकी छु’, उनले भनेकी छन्, ‘नेपालको विकास र व्यापार पारवहन तथा जलस्रोत विकाससम्बन्धी समस्यामा हालैका प्रगतिका लागि निरन्तर सहयोग गरेकोमा मैले धन्यवाद दिएकी छु ।’ उनले त्यसक्रममा भारतीय समकक्षी जयशंकर र आफूले नेपाल-भारत सम्बन्धलाई सुदृढ गर्न जारी राख्ने हाम्रो प्रतिबद्धता दोहोर्‍याएका छन् ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ५, सोमबार ०४:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP